-
कञ्चनपुरको लालझाडीबाट प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव स्थित शान्ति मार्गबाट बेवारिसे अवस्थामा राखिएको अवैध घरेलु मदिरा ४० लिटर, घरेलु जाँड ५ सय ५० लिटर र मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडा बर्तन समेत फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको मदिरा स्थानीय मानिसहरू तथा जनप्रतिनिधि समेतको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । यसरी घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण एवं सेवन गर्दा आपराधिक घटनाहरूमा वृद्धि हुने र समाजमा अशान्ति फैलन सक्ने भएकोले यस किसिमका कार्यहरू नगरी दिन हुन सम्पूर्णमा प्रहरीले अनुरोध समेत गरेको छ ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३