-
सप्तरीको परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घटनाका फरार आरोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ परेका हुन्।जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले मण्डललाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।
न्यायाधीश ओझाकै इजलासले यसअघि पुस १२ गते उक्त घटनाका आरोपित सोही ठाउँका २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई सात वर्ष कैद सजायको फैसला सुनाएको थियो । दोषी ठहरिएका मुन्ना ०७६ असार १ गतेदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।अन्य आरोपितहरु रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म पक्राउ परेका छैनन् ।
कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी किशोरी रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आरोपितहरुले उनको साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरेका थिए ।
केटा साथीले सहयोगीहरु लिएर परीक्षा केन्द्र पुग्दा आरोपितहरुले स्थान परिवर्तन गरेकाले पत्ता लगाउन सकेनन् । ६ जना आरोपितहरुले बलात्कार गरेपछि पुगेका मुन्नालाई समेत उनीहरुले बलात्कार गर्न लगाए । बलात्कारका लागि प्रेरित गर्दा आरोपितहरुले ‘मुन्ना’ नाम उच्चारण गरेका थिए । सोही नाम नै घटना पत्ता लगाउन प्रहरीलाई सुराक बनेको प्रहरीले जनायो ।
पीडित र पीडितका साथी बाहिरका भएकाले आरोपितहरु कसैलाई चिन्दैन्थे र नाम पनि जान्दैन्थे । पीडित होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घटनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइयो । वयानका क्रममा पीडितले कसैलाई नचिनेको बताइन । उनले आरोपितहरुले पछिल्लो पटक एक जनालाई मुन्ना भनेर सम्बोधन गरेको बताइन् । प्रहरीका अनुसार गाउँमा सो नामका युवक पत्ता लगाएर जेठ ५ गते सोधपुछ गर्दा घटनाबारे वास्तविकता खुलेको हो ।
उनै मुन्नाले दिएको बयानका आधारमा अन्य आरोपितहरुको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी कारवाही अगाडि बढाइएको हो । समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा पुगेका मुन्नाले पनि बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । सोही आधारमा मुन्नालाई बलात्कारतर्फ मात्र सात वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ । अन्य आरोपितहरुले सामुहिक बलात्कार गरेको ठहर भएका थप पाँच वर्ष कैद सजाय खापिने कानुनी व्यवस्था छ । कारागारमा थुनामा पठाइएको छोटुका हकमा समेत चाँडै फैसला हुने बताइएको छ ।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





