• सडक निर्माण अलपत्र पारेको भन्दै सडक विभागमा तालाबन्दी गर्न पुगेका काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसहितका स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । वडाअध्यक्ष शम्भु भट्टराईसहित एक दर्जन स्थानीयलाई प्रहरीले बबरमहलस्थित सडक विभागबाट पक्राउ गरेको हो ।

    बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा पर्ने तेन्जिंग चोक–खरिबोट सडक लामो समयसम्म निर्माण अलपत्र पर्दा हिलाम्मे भएर पानी परेको समयमा आवतजावत गर्न समस्या भएको छ । वर्षौसम्म सडक नबनाइएपछि बबरमहलस्थित सडक विभागमा वडाअध्यक्ष भट्टराईसहित एक दर्जन ताला लगाउन पुगेका थिए ।

    वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआएको भन्दै पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ । पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।

4565