• अर्थविद्हरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वजे कार्यान्वयनमा शंका गरिरहेका बेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने दाबि गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सरकारले ल्याएको वार्षिक उनले बजेट सुनाउनका लागि मात्र नभई कार्यान्वयनका लागि आएकाले कार्यान्वयन गरेर देखाउने दाबि गरे । उनले बजेट कार्यान्वयन हुनेमा दुविधा राख्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

    उनले जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने भएकाले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको दाबि गरे । उनले सरकारसंग पूर्ण वजेट अध्यादेश मार्फत ल्याउनुभन्दा अर्को वैधानिक विकल्प नै नभएको स्पष्ट पारे । उनले यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन नकिल्ने पनि जिकिर गरे ।

    उनले खोपको अभियानमा सरकार प्रतिबद्धताका साथ लागेको दाबी गर्दै चुनाव पनि सरकारको प्राथमिकतामा रहेको र चुनावका लागि पर्याप्त रकम छुट्याइएको दाबी गरे । सबै नागरिकलाई खोप दिने सन्दर्भमा पनि सरकारले प्राथमिकता दिएको उनले बताए ।

4565