• नेपालको वातावरण बिग्रदै भएको यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यका लगाएत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरुले हामी हावा फेर्ने कि धुलो‚ कति गर्नु बाहना‚ मास्क लगाउनु छैन चाहना‚ सरकार सास फेर्न देलगायतका प्ले कार्ड बोकेका थिए ।उनीहरुले नेपालको मौसमी वातावरणलाई सुधार गर्न सरोकारवालाहरुको निरन्तर ध्यानाकर्षण गराउने जनाएका छन् ।

4565