-
म्यानमार (बर्मा)मा सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडी धर्ना दिएको छ ।
बर्मामा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित धर्ना दिइएको समाजले जनाएको छ । धर्नामा सहभागीहरुले म्यानमारमा लोकतन्त्र बहाली गर, हत्याहिंसा बन्द गर, लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
गत शनिवार मात्र १ सय भन्दा बढी प्रदर्शनकारीहरुको हत्याको निन्दा एवं भत्र्सना गरिएको समाजले जनाएको छ । समाजका सभापति गोविन्द खनालले सैनिक जुन्टाद्वारा भइरहेको हत्या र दमनको निन्दा गर्दै यसलाइ रोक्नका लागि अन्तराष्ट्रिय समुदायले कदम चाल्नुपर्ने बेला आएको भन्दै शान्तिपूर्ण धर्नाको आयोजना गरिएको बताए ।
म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्ने र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यस अघि पनि समाजले नेपालस्थित बर्मेली दुतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२