-
संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविधुत आयोजनाको स्थलगत अवलोकन गर्ने भएको छ । सिंहदबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अपर तामाकोशीको निर्माण र बिधुत उत्पादन क्षमताका बिषयमा अध्ययन गर्न स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।स्थलगत अवलोकनका लागि सभापति पूर्णकुमारी सुवेदी लगाएत घनश्याम खतिवडा, दिलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी लगाएतका सांसदहरु छिटै त्यसतर्फ जाने समितिले जनाएको छ ।
अध्ययन भ्रमणमा आउनका लागि आयोजनाले निरन्तर आग्रह गरेको र समितिको कार्यक्षेत्रभित्रको काम पनि भएकाले अवलोकनमा जाने निर्णय गरिएको समिमित सभापति सुवेदील बताउनुभयो ।उहाले तामाकोशी मात्र नभइ निर्माण सुरु भइ समयमा नै सम्पन्न हुन नसकेका जलविधुत आयोजनाहरुको निरिक्षण गरिने जानकारी दिनुभयो ।
बैठकमा समिति सदस्यहरुले जलविधुत आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुको कारणबारे अध्ययन गर्नुपर्ने बताए । सांसद घनश्याम खतिवडाले अपर तामाकोशी भनिएको भन्दै बढि लागत र बढि समय लागेकाले त्यसका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो । त्यस्तै सांसद राधा ज्ञवालीले भूकम्प र बाढिले गर्दा समस्या देखिएपछि समयमा नै अपर तामाकोशी सम्पन्न नहुनु दुखद भएको बताउनुभयो । उहाले अन्य बन्न नसकेका आयोजनाका बारेमा पनि समितिले चासो व्यक्त गर्नुपर्ने जिकिर गर्नुभयो ।
दोलखा जिल्लामा निर्माणाधिन बहुप्रतिक्षित अपर तामाकोशी जलविद्युत आयोजना निर्माणमा पटकपटक ढिलाई हुँदा लागत सुरुको लागतभन्दा दोब्बर पुगिसकेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२