• अपहरणकारीले सुतेको ओछ्यानसहित बेपत्ता बनाएका महोत्तरीको पिपराका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ।    फागुन ११ गते राति पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झालाई  बेपत्ता बनाइएको थियो।उनीहरुको शव पिपरा–२ अतराढ स्थित हत्या गरेर बोरामा बाँधी खाल्टोमा खनेर गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।मृतक मुसाफिरले लगाएको टिसर्ट, गीताले लगाएको कपडा, हातको  चुरा र पोतेको आधारमा शवको पहिचान खुलेको छ उनले भने। खाल्डो खनेर निकालिएको शवको पहिचान परिवारजनले गरेका छन ।
    
    वृद्ध दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीले रामबाबु यादव, उनका जेठो छोरो सुरेन्द्र यादव, कान्छो छोरो रोजेन्द्र यादव र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरि उनीहरु विरुद्द बेपत्ता, अपहरणतथा शरीर बन्धक शीर्षकमा उजुरी दर्ता गरेर अनुसन्धान बढाइएको छ।
4565