-
सुन भनि पहेलो सिक्का दिएर ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडि वढाएको छ ।
सुनसरीको इटहरी १० का यज्ञविक्रम ठकुरीलाई सुनको सिक्का भनेर ८ वटा पहेलो सिक्का दिएर ४लाख रुपैया ठगी गरि फरार भएका इटहरी ९का फैजान आलम र सुनसरीकै इनरुवा नगरपालिका १०का जल्लाउदिन मियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।ठगी गरी फरार भएका फैजानलाई इटहरी र जल्लाउदिनलाई इनरुवाबाट पक्राउ गरी ठगी मुद्धामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए । त्यसै गरी इटहरीबाटै स्कुटर चोरी गरी फरार रहेका मोरगं बुढीगंगा गाउँपालिका २का खगेन्द्र काफ्ले र सोही ठाउँका अर्विन मगरलाई बुढीगंगा २बाटै पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक केसीले वताए ।
विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक केसीले एक बालिकालाई प्रलोभनमा पारी पटकपटक करणी गर्दै आएको उजुरीका आधारमा इटहरी ४का ४० वर्षिय प्रेमबहादुर निरौलालाई पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिदै आएको समेत जानकारी गराइयो । ठगी ,चोरी तथा प्रलोभनमा पारी करणी गर्ने पाँचै जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३