-
चौधरी फाउन्डेसनले नवलपरासीपूर्वको हर्कपुरमा निर्माण गरेको उन्नति कल्चरल भिलेजको शुक्रबारउद्घाटन गरिएको छ । भिलेजको गैंडाकोट नगरापलिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरेकाहुन।
गैडाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको हर्कपुर गाउ अब चौधरी ग्रुपले खोलेको कला गाउका नामले परिचित हुने भएको छ । महेन्द्र राजमार्गसंग जोडिएको करिब ६ बिगाह क्षेत्रफलमा रहेको कला गाउमा मनमोहक बगैचा रहेको छ ।बगैचा भित्र थारु संस्कृतिले भरीएका आकर्षक कलाकृति रहेको छ ।कल्चर भिलेजमा घरपालुवा जनावरदेखि वन्यजन्तुका साथै अत्याधुनिक र आर्कषक कलात्मक ब्लक निर्माण गरिएको छ भने सर्बसाधारणका लागि कलात्मक शैलीको आबास समेत बनाइएको छ ।
कल्चर भिलेज उद्घाटनसँगै फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सव समेत आयोजना गरिएको छ । साहित्य महोत्सवमा विभिन्न कलाकार,राजनीतिज्ञ,साहित्यकार र लेखकको समेत उपस्थीती रहेको थियो ।
फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थितिमा पाठकसँग संवाद एवम् अन्तक्र्रिया गरिएको छ ।शनिवारसम्म सञ्चालन हुने महोत्सवमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र पत्रकार रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा देश जगत्’शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसंग कांग्रेस नेता गगन थापाले संवाद गर्नेछन भने अभिनेत्री मनीषा कोइरालासंग स्वरूप आचार्यले बाच्ने अभिलाषा’बारे संवाद गर्ने कार्यतालिका रहेको छ ।
राजनीतिसंगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसंग पत्रकार रवि लामिछानेले छलफल गनर् कार्यक्रम रहेको छ । उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसंगै राजकाज’ विमोचन गर्ने कार्यक्रम रहेको छ । पुजंीवाद र स्वतन्त्र समाज’ नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन् । दुई दिने यो कार्यक्रममा देशभरीका सैयौ श्रष्टा उपस्थित हुने भएका छन । कलाकार, पत्रकार, लेखक, साहित्यकार, र बिभिन्न बिधाका श्रष्टाहरुको यहा जमघट हुने छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२