-
ललितपुरको पाटनमा कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । मंगलबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त दुई ऐतिहासिक मन्दिरको शिलान्याश गर्नुभउको हो ।
नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले नेरु. ५.८ अर्ब आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता भारतीय दुतावासले जनाएको छ । सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो ।
यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुन्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिने बताइएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३