-
संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो ।संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उहाँको भनाई छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सचिवालयका धेरै कामहरु मध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिलेपनि कोरोना महामारीको अवस्था छदैँछ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापन अन्तरगत एजेण्डाहरु के के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुराहरुलाई प्रशासनिक व्यवस्था अन्र्तगत हामीले काम गरिरहेका छौँ ।’
स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरीएको बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्यजन्य व्यवस्थापन, बैठक व्यवस्थापन गरिरहँदा कुनैपनि ढंगले सचिवालयका कमी कमजोरीका कारणबाट कोभिड–१९को समस्या नफैलियोस् भनेर त्यो कुरालाई विशेष फोकस गरेर हामीले ध्यानपूर्वक सुक्ष्म रुपमा काम गरिरहेका छौँ । सरसफाइ, सेनिटाइजर, सिटको व्यवस्थापन समग्र कुराहरुमा ध्यान दिएर काम गरिरहेका छौँ । प्रविधिमा फोकस गर्नुपर्ने छ । लाइटिङ सिस्टम, साउन्ड सिस्टम, माइक व्यवस्थापनका कुराहरुमा हेरिरहेका छौँ । समस्या छ कि भनेर चेक गरिरहेका छौँ । भौतिक व्यवस्थापनका कुराहरु गरिरहेका छौँ ।’
संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताउनुभयो । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनैपनि झन्झट र कठिनाई बिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आव्हान गरिसकेको अवस्था छैन । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । यद्यपी सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने फैसला गरेको थियो ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





