-
जंगली हात्तीले लामो समय देखि कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका क्षेत्रमा पुरयाउदै आएको जनधनको क्षतिलाई मध्यनजर गर्दै हात्तीलाई आरक्ष बाहिर आउन नदिन व्यवस्था मिलाउनु पर्ने माग गर्न थालिएको छ ।कोशी टप्पु क्षेत्रमा लामो समय देखि केही जंगली हात्ती समेत रैथाने जस्तै गरी वस्न थालेको र आरक्ष वाहिर आएर जनधनको क्षति पुरयाउने गरेपछि त्यस क्षेत्रमा बासिन्दाहरुलाई हात्ती नियन्त्रणको माग गर्न राख्दै आएका हुन ।
आरक्ष क्षेत्रमै रैथाने रुपमा वस्दै आएको माकुना नामको जंगली हात्ती लगायतले मानविय तथा वाली नाली, भौतिक क्षति समेत पुरयाउदै आएको कारण सर्वसाधारण जनता आक्रोशित रहेको भन्दै आरक्ष रहेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले हात्तीलाई आरक्ष बाहिर आउन नदिने व्यवस्था सहित संरक्षण गर्नु पर्ने वताउछन । हात्ती संरक्षणका लागि भनेर समय समयमा सोलार फेन्सी र ताराबार गरिएपनि सफल नभएको कारण कंक्रिट तेन्ज वनाउनु पर्ने अध्यक्ष अन्सारीले जोड दिए ।
वि.सं. २०३२सालमा अर्ना संरक्षणका लागि स्थापित आरक्षमा ठुलो जनावर जंगली हात्ती समेत रैथाने रुपमा बस्न थालेपछि हात्तीलाई यस क्षेत्रमा जनधनको क्षति पुरयाउदै आएको छ । कोशी टप्पुमा भएका ढोइहरुसंग संसर्गका लागि समेत आरक्ष क्षेत्रमा आउने थाले जंगली हात्तीहरुले आरक्ष आसपासका सुनसरी ,सप्तरी र उदयपुर क्षेत्रमा क्षति पुर्याउदै आएकोछ । सुनसरी ,सप्तरी र उदयपुर क्षेत्रमा पर्ने सप्तकोशी किनारको १सय ७५ वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा हात्ती समेत वस्न थालेका क्षेत्र विस्तार गर्नु पर्ने अवस्था आएको आरक्षका संरक्षण अधिकृत अशोक राम वताउछन । आरक्ष विस्तारका साथै हात्तीलाई आरक्ष वाहिर जान नदिनका लागि खानाको व्यवस्था पनि मिलाइनु पर्ने अवस्था रहेको समेत संरक्षण अधिकृत रामले वताए । उनले आरक्ष क्षेत्रमा उखु केरा बाँस लगाएर हात्तीलाई खानाको राम्रो व्यवस्था गर्न सके हात्ती वाहीर नजाने संरक्षण अधिकृत राईले तर्क गरे । उनले पानी र खाना भए हात्ती वाहिर ननिस्कने भएपनि पानी रहेको आरक्ष क्षेत्रमा प्रयाप्त भएको समेत वताए ।
आरक्षका कारण लामो समय देखि मानिस र जंगली जनावरविच द्धन्द चल्दै आएको छ त्यसलाई मध्यनजर गर्दै जंगली जनावरहरुलाई आहार ,वासस्थान र पानीको राम्रो व्यवस्था सहित आरक्ष वाहिर निस्कन नसक्ने गरी व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२