-
जंगली हात्तीले लामो समय देखि कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका क्षेत्रमा पुरयाउदै आएको जनधनको क्षतिलाई मध्यनजर गर्दै हात्तीलाई आरक्ष बाहिर आउन नदिन व्यवस्था मिलाउनु पर्ने माग गर्न थालिएको छ ।कोशी टप्पु क्षेत्रमा लामो समय देखि केही जंगली हात्ती समेत रैथाने जस्तै गरी वस्न थालेको र आरक्ष वाहिर आएर जनधनको क्षति पुरयाउने गरेपछि त्यस क्षेत्रमा बासिन्दाहरुलाई हात्ती नियन्त्रणको माग गर्न राख्दै आएका हुन ।
आरक्ष क्षेत्रमै रैथाने रुपमा वस्दै आएको माकुना नामको जंगली हात्ती लगायतले मानविय तथा वाली नाली, भौतिक क्षति समेत पुरयाउदै आएको कारण सर्वसाधारण जनता आक्रोशित रहेको भन्दै आरक्ष रहेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले हात्तीलाई आरक्ष बाहिर आउन नदिने व्यवस्था सहित संरक्षण गर्नु पर्ने वताउछन । हात्ती संरक्षणका लागि भनेर समय समयमा सोलार फेन्सी र ताराबार गरिएपनि सफल नभएको कारण कंक्रिट तेन्ज वनाउनु पर्ने अध्यक्ष अन्सारीले जोड दिए ।
वि.सं. २०३२सालमा अर्ना संरक्षणका लागि स्थापित आरक्षमा ठुलो जनावर जंगली हात्ती समेत रैथाने रुपमा बस्न थालेपछि हात्तीलाई यस क्षेत्रमा जनधनको क्षति पुरयाउदै आएको छ । कोशी टप्पुमा भएका ढोइहरुसंग संसर्गका लागि समेत आरक्ष क्षेत्रमा आउने थाले जंगली हात्तीहरुले आरक्ष आसपासका सुनसरी ,सप्तरी र उदयपुर क्षेत्रमा क्षति पुर्याउदै आएकोछ । सुनसरी ,सप्तरी र उदयपुर क्षेत्रमा पर्ने सप्तकोशी किनारको १सय ७५ वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा हात्ती समेत वस्न थालेका क्षेत्र विस्तार गर्नु पर्ने अवस्था आएको आरक्षका संरक्षण अधिकृत अशोक राम वताउछन । आरक्ष विस्तारका साथै हात्तीलाई आरक्ष वाहिर जान नदिनका लागि खानाको व्यवस्था पनि मिलाइनु पर्ने अवस्था रहेको समेत संरक्षण अधिकृत रामले वताए । उनले आरक्ष क्षेत्रमा उखु केरा बाँस लगाएर हात्तीलाई खानाको राम्रो व्यवस्था गर्न सके हात्ती वाहीर नजाने संरक्षण अधिकृत राईले तर्क गरे । उनले पानी र खाना भए हात्ती वाहिर ननिस्कने भएपनि पानी रहेको आरक्ष क्षेत्रमा प्रयाप्त भएको समेत वताए ।
आरक्षका कारण लामो समय देखि मानिस र जंगली जनावरविच द्धन्द चल्दै आएको छ त्यसलाई मध्यनजर गर्दै जंगली जनावरहरुलाई आहार ,वासस्थान र पानीको राम्रो व्यवस्था सहित आरक्ष वाहिर निस्कन नसक्ने गरी व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३