• कञ्चनपुर प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । चरेश र खैरो हिरोईन सहित उनीहरूलाई दुई फरक फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर १० का पुष्पमणि थापा र महेश बिष्टलाई २.४८० ग्राम लागुऔषध खैरो हिरोईन र १.१५० ग्राम चरेश सहित झोलुङ्गे पुलबाट पक्राउ गरिएको हो । त्यस्तै, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीका बिक्रम ठकुल्ला र दिपेन्द्र सुनारलाई शुक्रबार ८.१० ग्राम खैरो हिरोईन सहित नगद ५४ हजार १ सय ७० रुपैयाँ र उक्त ओसारपोसारमा प्रयोग गरिएको कार समेत पक्राउ गरिएको छ ।

    चारै जना विरुद्ध लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

4565