-
२ लाख घुससहित औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत पक्राउ परेका छन्। विभागका फार्मेसी अधिकृत २४ वर्षीय सरोज सुवेदीलाई विराटनगरस्थित एक होटलबाट सो रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।
सुनसरीको इटहरीस्थित आयोगको टोलीले विराटनगर महानगरपालिका–३ स्थित दूधफारमको एक होटलबाट अधिकृत सुवेदीलाई बिहीबार अपरान्ह करिब ४ बजे रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता पुरुषोत्तम ढकालले जानकारी दिएकाहुन।तेह्रथुममा रहेको सिल गरिएको एक औषधि पसल र मुद्धा समेत मिलाई दिने नाममा सुवेदीले घुस मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको आयोगको दावी रहेको छ।
पक्राउ परेका सुवेदी उर्लाबारीका स्थानीय हुन्। तेह्रथुमको मेन्छ्याम गाउँपालिकास्थित सम्बृद्धि फर्मा सञ्चालन गर्दै आएका पुष्प ढुंगानासंग सुवेदीले २ लाख रुपैया घुस लिएको आयोगले जनाएको छ।
फर्मा सञ्चालक ढुंगानाको औषधि पसलमा उपचार गराएका एक पुरुषको गत वैशाख ५ गते मृत्यु भएको थियो। घटनापछि अनुसन्धानका लागि पक्राउ परेका ढुंगाना २६ दिन प्रहरी हिरासत रहेका थिए। उनको मुद्दा विचाराधिन नै रहेको छ।
यसैबीच, जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले मुद्धाका विषयमा औषधि व्यवस्था विभागसँग राय समेत मागेपछि विभागका कर्मचारीले ढुंगानासँग घुस माग्न थालेका खुल्न आएको छ। सोही क्रममा विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो।
फर्मा सञ्चालक ढुंगानाका अनुसार सरकारी वकिल कार्यालयले मुद्दाका लागि राय माग र जेल नपर्ने गरि मिलाइदिने आश्वासन दिदैं विभागका अधिकृत सुवेदीले घुस मागेका थिए।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३