• सर्वोच्चले संसद पुर्नस्थापना गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका बालुवाटार बोलाएका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार बिहानको सुरक्षा परिषद् बैठक र मन्त्रीपरिषद्को बैठकपछि नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र अनुसन्धान प्रमुखलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । सुरक्षा निकाय प्रमुखहरू साँझ प्रधानमन्त्रीसँगको छलफलका लागि जाने र छलफलमा सहभागी हुने स्रोतले दावी गरेको छ ।

    यसअघि सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायहरुलाई निर्वाचनको माहौल बन्दै जाँदा जस्तोसुकै संकट आउनसक्ने भन्दै सोहीअनुसारको रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । सर्वोच्चको फैसला आए लगतै राजधानीमा सुरक्षाव्यवस्था कडा बनाईएको छ ।

4565