• मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
    काठमाडौंको रत्नपार्कबाट सुरु भएको विरोध र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै पुन रत्नपार्कमा पुगेर समापन भएको थियो । महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध र कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध प्रदर्शन गरिएको संघले जनाएको छ ।

    प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, भागिरथीको हत्याको सत्यतथ्य बाहिर ले , असंवैधानिक कदम फिर्ता गर लगाएका प्लेकाड प्रर्दशन गरेका थिए । बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएको संघकी केन्द्रीय सचिव उषा राउतले जानकारी दिइन ।

    निर्मलाको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको भन्दै सरकारलाई झकझकाउन बिरोध प्रदर्शन गरिएको संघले जनाएको छ ।

4565