-
१७ पुस, काठमाडौं । अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराका नाति, वीर शमशेर जबराका छोरा पशुपति शमशेर राणा उमेरले ७९ वर्ष पुगे । तर, अरु नेपाली राजनीतिज्ञहरुका लागि जस्तै उनका लागि पनि उमेर भनेको फगत एक अंक हो ।
‘स्वास्थ्यले साथ दिएकै छ, सुद्दी हराएको छैन, उमेरसँग डराएर किन निस्क्रिय बन्ने ?’ उनी आत्मविश्वासपूर्वक भन्छन् ।
राणासँग उनकै निवास ( महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको ठीक सामुन्ने) मा गरिएको करिब एक घन्टा लामो वार्तालापमा हामीले अन्तिम प्रश्न सोधेका थियौं, ‘८० वर्ष पुग्न लाग्नुभयो, अब त राजनीतिबाट सन्न्यास लिँदा हुँदैन ?’ यसैको जवाफमा उनले माथि उल्लेखित दलिल पेश गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँगको यो कुराकानीको मूल विषयवस्तु राजनीति नै हो । खासगरी उनी नेपालमा हिन्दू राज्य र राजसंस्थाको पुनर्स्थापनाका सम्भावनाहरुमाथि बोल्न बढी इच्छुक देखिएका छन् । तथापि, कुराकानीको सुरुवातचाहिँ तत्कालीन राजनीतिक घटनाक्रमबाटै गरियो ।
प्रधानमन्त्रीले अनायास गरेको प्रतिनिधिसभा विघटन र त्यसपछि उत्पन्न परिस्थितिलाई उनले तीनबुँदामा यसरी संश्लेषण गरे :
- यो (संसद विघटन) चर्चामा रहेकै विषय थियो । तर, पनि प्रधानमन्त्री यति एक्स्ट्रिममा जानुहोला जस्तो लागेको थिएन । मेरो विचारमा प्रधानमन्त्रीले चाल्नुभएको कदम संवैधानिकभन्दा बढी नैतिक हिसाबले गलत छ । जनादेशको धज्जी उडेको छ र जनतामाथि धोका भएको छ ।
- राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीका गलत काममा पनि निरन्तर साथ दिइरहनुभएको छ, जुन दुर्भाग्यपूर्ण हो । प्रधानमन्त्रीले गरेका प्रत्येक सिफारिस राष्ट्रपतिले हुबहु कार्यान्वयन गरिरहँदा उहाँको पदीय मर्यादामा समेत प्रश्न उठेको छ । संविधानमाथि समेत प्रश्नचिन्ह खडा भएको छ ।
- तर, हामीलाई मध्यावधि चुनावमा जान आपत्ति छैन । अहिले राजसंस्थाप्रति जनतामा आकर्षण बढेको हुनाले हाम्रो पार्टीले चुनावमा राम्रै नतिजा हात पार्न सक्छ । हामी जनतामा जान डराउँदैनौं ।
राणाको तेस्रो तर्कलाई समातेर प्रश्न गरियो, ‘भनेपछि अहिलेको माहोल आफ्नो पार्टीका निम्ति अनुकुल रहेको ठानेर राप्रपा चुनावमा जान भित्रभित्र उत्साहित बनेको हो ?’हामीले समय अनुसार बदलिन पनि तयार हुनुपर्छ । मैले आफूमा मुख्य बदलाव ०४७ सालमा गर्नुपर्यो । एउटा प्रणालीमा काम गर्दै आएको मान्छे । त्यो प्रणालीलाई ठूलो जनविरोध आयो । पञ्चायतबाट बहुदलमा सेफल्याण्डिङ गरियो । मैले बहुदललाई स्वीकारेँ ।
‘त्यसो होइन’ उनी आदर्श वाणी बोल्न थाले, ‘हामीले राप्रपाको अनुकुलताभन्दा पनि देशको अनुकुलता हेर्ने हो । संविधान–कानून पालना भएको छ, छैन भन्ने हेर्ने हो । त्यस आधारमा धारणा बनाउने हो ।’
राणालाई मिठो लाग्ने प्रश्न सोधियो, ‘जे भए पनि राजनीतिक दलहरुको निरन्तर किचलो गर्दा जनता गणतन्त्रबाटै विरक्त बनेको ठानेर अहिले चुनावमा जाँदा राजावादी पार्टीलाई फाइदा हुने समीक्षा त गर्नुभएकै होला ।’
राणाले अलिकति हौसिएर भने, ‘हो, यतिबेला राजसंस्थाप्रति जनताको झुकाव बढेको छ । खासगरी युवापुस्ताले राजसंस्था र हिन्दू राज्यको महत्वलाई बुझ्न थालेका छन् । यो हाम्रा लागि सन्तोषको विषय पक्कै हो । अहिले भइरहेका आन्दोलनमा युवा चेहराहरु धेरै देखिनुले नेपालमा राजसंस्था फर्किने विश्वास अझै गाढा भएको छ । हामीले लामो समयदेखि उठाउँदै आएको एजेन्डाले सार्थकता पाउन थालेको छ ।’
मीठोपछि अब तीतो प्रश्न ।
‘तपाईंले पञ्चायतकालमा मज्जाले सत्ताभोग गर्नुभयो । पटक–पटक मन्त्री हुनुभयो । प्रजातन्त्र आएपछि फेरि यही व्यवस्थामा आफूलाई ढाल्नुभयो र फेरि दुईचोटि मन्त्री हुनुभयो । गणतन्त्र आएपछि यसलाई पनि स्वीकार्नुभयो र नेपालमा राजतन्त्र फर्किन सक्दैन भन्दै हिँड्नुभयो । तर, अब जनताले पत्याउन छाडेपछि फेरि राजतन्त्रको नारा उराल्न थाल्नुभएको हो ?’
राणा अलिकति ब्याकफुटमा आए । उनले आफूले हिजो गणतन्त्र स्वीकारेको कुरा स्वीकारे । तर, राष्ट्रपतिबाट जनताको अभिभावकत्व हुन नसकेको तर्क गरे ।
राणा भन्छन्, ‘त्यसो होइन । हामीले समय अनुसार बदलिन पनि तयार हुनुपर्छ । मैले आफूमा मुख्य बदलाव ०४७ सालमा गर्नुपर्यो । एउटा प्रणालीमा काम गर्दै आएको मान्छे । त्यो प्रणालीलाई ठूलो जनविरोध आयो । पञ्चायतबाट बहुदलमा सेफल्याण्डिङ गरियो । मैले बहुदललाई स्वीकारेँ ।
News Desk 0 response शुक्रबार, पुस १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२





