पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा गार्ड अफ अनर
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाको स्वागत
-
२० फागुन, काठमाडौं । सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ ।
सोमबार अपरान्ह साढे ५ बजेपछि उनलाई नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको हो ।
टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् ।
यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरु गरेको हो ।
टुँडिखेलमा अब्बासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
प्रधानमन्त्री अब्बासी दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए ।
अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार स्वदेश फर्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
पाकिस्तानी प्रधानमन्त्रीको बस्ने व्यवस्था हयात होटलमा मिलाएको छ ।
शरद खतिवडा 0 response सोमवार, फाल्गुन २१, २०७४
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३