-
इटहरी । लामो समयदेखि निष्क्रिय रहेको महिला उद्यमी संघ सुनसरीले नयाँ नेतृत्वसँगै पुनः सक्रिय भएको छ। महिला उद्यमीलाई संगठित गर्दै उनीहरूका उत्पादनलाई बजारसम्म पु¥याउने, व्यवसाय सञ्चालनमा सहजीकरण गर्ने तथा सीप विकासका अवसर सिर्जना गर्ने उद्देश्यसहित नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेको हो।
इटहरी स्थित पाथिभरा होटलको सभा हलमा आयोजित कार्यक्रममा प्रतिक्षा अधिकारीको अध्यक्षतामा गठित नौ सदस्यीय कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
महिला उद्यमी संघ कोशी प्रदेश अध्यक्ष कृती उपाध्यायको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा भट्टराई, सचिवमा सृजना कट्टेल, सहसचिवमा अञ्जना थापा र कोषाध्यक्षमा आशा चौधरी चयन भएका थिए । सदस्यहरूमा दिपिका दाहाल, चम्पा श्रेष्ठ, आरती चौधरी, प्रमिशा न्यौपाने र ऐलीना उप्रेती रहेका छन ।
पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले सुनसरीको विभिन्न क्षेत्रमा उद्यम गर्दै आएका महिलाहरुलाई संघमा जोड्ने बताइन ।
उनले महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण, उद्योग तथा व्यवसाय व्यवस्थापन र आवश्यक सीप विकासका लागि कार्यक्रम सञ्चालन गर्ने बताइन ।
साना तथा घरेलु उद्योगदेखि ब्युटी पार्लर, सिलाइ–कटाइजस्ता स्वरोजगारमूलक व्यवसायमा संलग्न महिलालाई व्यावसायिक रूपमा अघि बढाउन संघले सहजीकरण गर्ने जनी अध्यक्ष अधिकारीको भनाइ छ।
प्रदेश अध्यक्ष उपाध्यायले करिब एक दशकदेखि निष्क्रिय रहेको संघ पुनः क्रियाशील समितिमार्फत अघि बढेको बताउदै महिला उद्यमीका समस्या समाधानसँगै उद्यमशीलता विस्तारमा संघले भूमिका खेल्ने बताइन ।
News Desk 0 response आइतवार, अशोज ११, २०८३
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्यमशीलताको विस्तार आवश्यक रहेको बताउँदै स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाइन ।
कार्यक्रममा दुहबी नगरपालिका उद्यम विकास शाखा प्रमुख दिवेश चौधरी, पाथिभरा पोलिटेक्निकका प्रमुख कृष्ण साह, इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकी, व्यवसायिक सीप प्रशिक्षण केन्द्रका प्रमुख पुष्प कट्वाल लगायतको उपस्थिति थियो।
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३