-
इटहरी । निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा अग्रणी ब्रान्ड जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालि ले इटहरीमा ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित इम्पेरियल प्यालेसमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी, क्रसर उद्योगी, उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदी, प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौला, मार्केटिङ प्रमुख पंकज यादव तथा क्षेत्रीय बिक्री प्रबन्धक जगत ढुंगेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सीईओ सुवेदीले गुणस्तरीय सेवा, अत्याधुनिक प्रविधि तथा भरपर्दो बिक्रीपछिको सेवाका कारण जेसीबीले ग्राहकहरूको विश्वास जित्न सफल भएको बताए। उनले नेपालको विकास निर्माण क्षेत्रमा आधुनिक मेसिनरीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै यस्ता उपकरणले निर्माण कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउने धारणा व्यक्त गरे।
सो अवसरमा लामो समयदेखि जेसीबीका मेसिन प्रयोग गर्दै आएका पञ्चलक्ष्मी इट्टा उद्योगका सञ्चालक राजन तिम्सिना, पूर्वाञ्चल क्रसर उद्योगका सञ्चालक शारदा प्रसाद ढकाल तथा ओम श्री क्रसर उद्योगका सञ्चालक भीम पौडेललाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। कम्पनीप्रति निरन्तर विश्वास र सहकार्यका लागि उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा हेभी इक्विपमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उमाकान्त शर्मा ले निर्माण क्षेत्रमा आधुनिक उपकरणको प्रयोग तीव्र रूपमा बढिरहेको बताउँदै जेसीबीले नेपाली निर्माण उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए।
त्यस्तै चार्टर्ड एकाउन्टेन्ट विवेक शर्मा ले नयाँ कर प्रणाली, मेसिन बीमा तथा व्यवसायीहरूले प्राप्त गर्न सक्ने विभिन्न सुविधा र अवसरबारे जानकारी गराएका थिए।
News Desk 0 response शनिबार, जेष्ठ २३, २०८३
कार्यक्रमका क्रममा जेसीबी ३डीएक्स सुपर ब्याकहो लोडर खरिद तथा बुकिङ गरेका विभिन्न निर्माण कम्पनीहरूलाई साँचो हस्तान्तरण गरिएको थियो। प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै बिक्रीपछि पनि निरन्तर सेवा, प्राविधिक सहयोग तथा स्पेयर पाट्र्सको सहज उपलब्धता सुनिश्चित गरिने बताए।
कार्यक्रममा एमएडब्लु अर्थमुभर्सद्वारा उपलब्ध गराइने विभिन्न आधुनिक निर्माण उपकरणहरूको प्रदर्शनी समेत गरिएको थियो। क्षेत्रीय बिक्री प्रबन्धक जगत ढुंगेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रमले निर्माण व्यवसायी र जेसीबी नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३

बुधबार, भदौ १७, २०८३