-
इटहरी । प्याब्सन इटहरीको आयोजनामा सुरु भएको ‘प्याब्सन स्पोटर्स मिट–२०८२’ इटहरी रंगशालामा भव्य रूपमा उद्घाटन गरिएको छ ।
विद्यार्थीहरूलाई अनुशासन, सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमतामा अझ सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको स्पोट्र्स मिटले इटहरीका विद्यालयहरूमा खेलकुदको वातावरणलाई अझ सशक्त बनाउने उदेश्यले प्रत्येक वर्ष खेल सप्ताह संचालन गरिएको हो ।
आठ दिन सम्म सञ्चालन हुने यस सप्ताहव्यापी खेल प्रतियोगितामा इटहरी क्षेत्रका ४७ निजी विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहने आयोजकले जनाएको छ ।
प्याब्सन इटहरीका सचिव राजन दाहालका अनुसार यस वर्षको स्पोट्र्स मिटमा विद्यालय स्तरका विद्यार्थीहरूलाई लक्षित गरी एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, दौड सहित विभिन्न व्यक्तिगत र समूहगत खेल समावेश गरिएको जानकारी दिए ।
खेलका माध्यमबाट विद्यार्थीहरूको शारीरिक विकास, नेतृत्व क्षमता, खेलभावना र आपसी सहकार्य विस्तार गर्न प्रतियोगिता महत्वपूर्ण हुने प्याब्सन नगर अध्यक्ष सुर्यमणी निरौलाले बताए ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विद्यालयस्तरमै खेलकुदलाई प्राथमिकता साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै सरकारले खेल पूर्वाधार र कार्यक्रमहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध भएको बताए ।
उद्घाटन समारोह नगर प्याब्सन अध्यक्ष सुर्यमणी निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख सङ्गीता कुमारी चौधरी, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकाल (नेलसन), जिल्ला क्रिकेट संघका अध्यक्ष सिपि पौडेल, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुभाष हमाल लगायतको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर २३, २०८२
प्रतियोगिता मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने छ ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३