-
इटहरी । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालयले आफ्नो २५ औँ स्थापना दिवस (रजत महोत्सव) विविध र आकर्षक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
स्थापना कालदेखि नै राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन तथा सीमाक्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको वाहिनीले रजत वर्षमा प्रवेश गर्दै आफ्नो योगदानलाई स्मरण गर्दै भविष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
महोत्सवका अवसरमा सास्कृतीक कार्यक्रम, खेलकुद तथा बौद्धिक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहेका थिए ।
एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, भलिबल र फुटबल, हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी तथा टिम कमाण्डरहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

त्यसैगरी, उत्कृष्ट सेवा प्रदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा वीरगति प्राप्त राष्ट्रसेवकका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा कार्य विभाग प्रमुख गणेश ठाडा मगरले संगठनले देशको शान्ति सुरक्षा, सीमाको संरक्षण र विपद् व्यवस्थापनमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ सशक्त र उत्तरदायी बन्नुपर्ने आवश्यकता रहेको बताए ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरकारी निकायहरूसँगको सहकार्यले सुरक्षा चुनौतीहरूको सामना गर्न महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भ्रष्टाचार नियन्त्रण, साइबर सुरक्षा सुदृढीकरण तथा सुशासन कायम गर्न संगठनले प्रभावकारी पहल अघि बढाएको उल्लेख गरे ।
News Desk 0 response बुधबार, चैत्र १८, २०८२
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी लगायत विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रजत महोत्सवले संगठनप्रतिको विश्वास अझ मजबुत बनाउँदै सुरक्षा र सेवाको क्षेत्रमा नयाँ ऊर्जा थपेको सन्देश दिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२

आइतवार, चैत्र १५, २०८२ -

बुधबार, चैत्र १८, २०८२