-
सुनसरी । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल पर्यटन वोर्डको सहयोग तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगर पालिकाको समन्वमा आयोजितमार्ट चैत १४ गते होटेल सोल्टीमा उद्घाटन गरिएको उक्त मार्टले प्रदेशभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ ।
मार्टको अन्तिम दिन सहभागीहरूलाई सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित रमणीय पर्यटकीय स्थल तालतलैयाको अवलोकन गराइएको थियो। पर्यटकहरुलाई तालतलैया संरक्षण विकास समितिले खादा लगाएर स्वागत गरेका थिए ।
त्यसपछि बराहक्षेत्रस्थित सप्तकोशी नदीमा मोटर बोट सवारी गराउँदै नेपालको प्राचीन धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको प्रत्यक्ष अवलोकन गराइएको थियो। कार्यक्रमको औपचारिक समापन उदयपुर जिल्लास्थित बेलका रिसोर्टमा एक विशेष समारोहका बीच सम्पन्न गरिएको हो।
यस मार्टमा भारतका पश्चिम बंगाल, बिहार, सिक्किमका साथै भुटानबाट आएका दुई सयभन्दा बढी पर्यटन व्यवसायी, पत्रकार तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई कोशी प्रदेशका विविध पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष अनुभव दिलाउँदै प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउन प्रयास गरिएको थियो।
समापन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै मार्टका सह–संयोजक तेजबहादुर पुरीले नेपाल, भारत तथा भुटानबाट सहभागी सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै यस्तो किसिमको अन्तर्राष्ट्रिय सहकार्यले पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझ बृहत्तर सहभागितासहित कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको पनि जानकारी दिए ।
कार्यक्रम मार्टका संयोजक पुण्यप्रसाद भट्टराईको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऐरले नेपाल भ्रमणमा आउने विशेषगरी भारतीय पर्यटकहरूले सीमा नाकामा तथा यातायात व्यवस्थापनमा भोग्दै आएका समस्याहरू समाधान गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताए । उनले कोशी प्रदेशमा धार्मिक तथा प्राकृतिक पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष भट्टराईले विभिन्न देशमा आयोजना हुने यस्ता पर्यटन मेलाबाट सिकेका अनुभवलाई आत्मसात गर्दै यस वर्षको मार्टलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए । उनले नेपाल, भारत र भुटानका पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई उपलब्धिमूलक र सफल बनाएको जानकारी गराए ।
कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै औपचारिक विदाइ गरिएको थियो।
मार्टको दोस्रो दिन मोरङको सुन्दरहरैचा–५ मा रहेको विश्वकै अग्लो गाईको प्रतिमा रहेको नयाँ वृन्दावन गौशाला, विराटचौकस्थित सुविधा सम्पन्न होटेल नेपालरिका इटहरीस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिधाम तथा धनकुटाको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारको अवलोकन गराइएको थियो। साथै ‘बिजनेस टु बिजनेस विटुवि अन्तरक्रिया कार्यक्रममार्फत पर्यटन व्यवसायीहरूबीच अनुभव आदान–प्रदान र सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो।
मार्टमा ५० भन्दा बढी ट्राभल्स तथा पर्यटन व्यवसायीहरूको स्टल सहभागी रहेको थियो, जसले विभिन्न पर्यटन प्याकेज, गन्तव्य तथा सेवाहरूको प्रवद्र्धन गरेका थिए।
News Desk 0 response सोमवार, चैत्र १६, २०८२
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मार्केटिङ प्रमुख रोहिणी खनाल, इटहरी उपमहानगरपालिकाका प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख जीवन घिमिरे, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा प्रमुख नवलकिशोर भट्टराई, मार्टका पूर्व संयोजक देवी गौतम लगायत विभिन्न पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘इस्टर्न ट्राभल मार्ट २०२६’ ले कोशी प्रदेशको पर्यटन क्षेत्रको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै प्रदेशलाई आकर्षक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२
-
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२





