-
इटहरी । सुनसरी–मोरङ क्षेत्रको पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै आयोजना गरिएको ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण अन्तर्गत दोस्रो दिन विविध कार्यक्रम सहित उत्साहजनक रूपमा सम्पन्न भएको छ । दोस्रो दिन भारतका पश्चिम बंगाल, बिहार, सिक्किम तथा भुटानबाट आएका पर्यटन व्यवसायी, पत्रकार तथा प्रतिनिधिहरूलाई प्रदेशका महत्वपूर्ण धार्मिक, सांस्कृतिक र आधुनिक पर्यटकीय गन्तव्यहरूको अवलोकन गराइएको थियो ।
अवलोकन टोलीलाई मोरङको सुन्दरहरैचा–५ स्थित विश्वकै अग्लो गाईको प्रतिमा रहेको नयाँ वृन्दावन गौशाला, विराटचौकमा रहेको सुविधा सम्पन्न होटल नेपालरिका तथा इटहरीस्थित प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिधाम संगै धनकुटाको पर्यटकिय क्षेत्र भेडेटारको पनी अवलोकन गराएको थियो ।
ती स्थानहरूमा पुगेर सहभागीहरूले स्थानीय पर्यटन सम्भावना, पूर्वाधार र सेवा व्यवस्थापनबारे प्रत्यक्ष अनुभव लिएका थिए । नयाँ वृन्दावन गौशालामा पुगेका अतिथिहरूलाई महामण्डलेश्वर दिनबन्धु शास्त्रीले खादा ओढाएर स्वागत गर्दै धार्मिक पर्यटनको महत्वबारे जानकारी गराएका थिए ।
अवलोकन कार्यक्रमपछि इटहरीको होटल सोल्टीमा ‘बिजनेस टु बिजनेस’ (विटुवि) अन्तर्गत समूहगत छलफल कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भुटानकी पर्यटन व्यवसायी कमला शर्मा, सिक्किमका अमृत शर्मा, मार्ट संयोजक पुण्यप्रसाद भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह एैर लगायतले आ–आफ्ना अनुभव, बजार प्रवृत्ति तथा पर्यटक आकर्षणका सम्भावनाबारे धारणा राखेका थिए।
सहभागीहरूले नेपालका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा जिज्ञासा राख्दै सुझावसमेत दिएका थिए ।
वरिष्ठ निर्देशक ऐरले नेपाल पर्यटन बोर्डले देशका नयाँ तथा ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धनमा विशेष ध्यान दिइरहेको बताए ।
त्यस्तै मार्टका संयोजक भट्टराईले नेपालको पर्यटन प्याकेजलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन स्तरीय होटल, यातायात र सेवा व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेख गरे ।
सह–संयोजक तेजबहादुर पुरीले यस मार्टले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा नेपाल–भारतबीचको पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउन महत्वपूर्ण माध्यम भएको बताए ।
News Desk 0 response आइतवार, चैत्र १५, २०८२
कार्यक्रम अन्तर्गत सहभागीहरूलाई इटहरीका पाँचतारे होटल रमादा र होटल सोल्टीको अवलोकन समेत गराइएको थियो, जसले पूर्वाञ्चलमा बढ्दो होटल पूर्वाधार र आतिथ्य सेवा क्षमताको झल्को दिएको छ ।
मार्टको अन्तिम दिन चैत १६ गते सप्तकोशी नदीमा मोटरबोटमार्फत नेपालको प्राचीन धार्मिक स्थल बराहक्षेत्रको दर्शन गराइनेछ । त्यसपछि उदयपुरको बेलका रिसोर्टमा समापन कार्यक्रम आयोजना गरिने मार्टका सचिव उमेश दाहालले जानकारी दिएका छन्।
सम्बन्धित शीर्षकहरु
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२

आइतवार, चैत्र १५, २०८२ -

बुधबार, चैत्र १८, २०८२