-
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथ समारोहमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुधन गुरूङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनील लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा खड्गराज पौडेल नियुक्त भएका छन्।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा डा. विक्रम तिमिल्सिना, सामान्य प्रशासन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपक्षी एवं वन तथा वातावरणमन्त्रीमा गीता चौधरी नियुक्त भएका छन्।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डा. दीपक साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त भएका छन्।
रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैंले सम्हालेका छन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२

आइतवार, चैत्र १५, २०८२ -

बुधबार, चैत्र १८, २०८२