-
इटहरी । कोशी प्रदेशको समग्र पर्यटन विकास र प्रवद्र्धनलाई सशक्त बनाउने उद्देश्यले इष्टर्न ट्राभल मार्टको छैठौं संस्करण २०८२ साल चैत १४, १५ र १६ गते आयोजना हुने इटहरीको त्रियुगा होटेलमा आयोजित पत्रकार सम्मेलन गरि जानकारी गराए । यस मार्टले विशेष गरी भारतीय पर्यटक र नेपाली पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको हो ।
मार्टमा भारतका बंगाल, बिहार र सिक्किमका साथै भुटानबाट गरी दुइ सयभन्दा बढी पर्यटन व्यवसायी, पत्रकार तथा पर्यटनकर्मीहरूको सहभागिता रहनेछ ।
त्यस्तै, नेपालका विभिन्न प्रदेशबाट करिब ५० जना पर्यटन सम्बद्ध प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशका ट्राभल एजेन्सी, होटल व्यवसायी, ग्रामीण तथा धार्मिक पर्यटन संस्थाहरूले करिब ५० वटा स्टल मार्फत आफ्ना सेवा, गन्तव्य र स्थानीय उत्पादनहरूको एकीकृत रूपमा प्रदर्शन गर्ने छन्।
प्त्रकार सम्मेलनमा बोल्दै मार्टका संयोजक पुण्यप्रसाद भट्टराइले यसपटक बिजनेस–टु–बिजनेस गतिविधिलाई विशेष प्राथमिकता दिइएको छ। यसले व्यवसायीहरूबीच प्रत्यक्ष सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा व्यापारिक अवसर सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको बताए ।
त्यस्तै सह–संयोजक तेजबहादुर पुरीले विगतका संस्करणहरूले सकारात्मक प्रभाव पार्न थालेको उल्लेख गर्दै धरान, विराटनगर र भेडेटार क्षेत्रमा भारतीय पर्यटकको आगमन बढ्दै गएको जानकारी दिए।
सोही अवसरमा मार्टका पूर्व संयोजक देवी गौतमले सीमाक्षेत्रमा भारतीय पर्यटकले भोग्नुपरेका झन्झटहरू समाधान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनका अनुसार, सहज वातावरण सिर्जना गर्न सके नेपाल भ्रमणप्रति विदेशी पर्यटकको आकर्षण झनै बढ्ने बताए ।
इटहरीस्थित होटल सोल्टी वेस्टर्नमा उद्घाटन हुने कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा हुने छ भने समापन कार्यक्रम उदयपुरको बेलका रिसोर्टमा गरिने माटृका सचिव यमेश दाहालले जानकारी दिए ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२
कार्यक्रममा अन्तरक्रिया, प्यानल छलफल, विटुवि मिटिङ,पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण तथा पर्यटन अवार्ड वितरण गर्दै कोशी पर्यटन वर्ष २०८२ को अवसरमा आयोजना हुने यो मार्ट प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा सावित हुने मार्टका कोषाध्यक्ष केसव गिरीले जानकारी गराए ।
केहि दिन अगाडी भारतको पुर्णिया र दरभंगाका पर्यटन ब्यवसायीहरु संग उपलब्धी मुलक अन्तरक्रिया तथा छलफल गरि कार्यक्रममा अत्यधिक सहभागी हुन निमन्त्रण गरिसकेको जनाएको छ ।
कार्यक्रममा ट्राभल्स तथा पर्यटन ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
नेवाः देय् दबु इटहरीको वार्षिकोत्सवमा सांस्कृतिक रौनक, जातीय नृत्य प्रतियोगिता सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
सुरक्षा र सेवामा समर्पित बराह वाहिनीको २५ औँ स्थापना दिवस सम्पन्न
बुधबार, चैत्र १८, २०८२ -
अहमदिया संघको मानव सेवा,आश्रमका बालबालिकासँग सामूहिक भोजन
मङ्लबार, चैत्र १७, २०८२ -
तीन दिने ट्राभल मार्ट सम्पन्न, कोशी प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउने प्रयास
सोमवार, चैत्र १६, २०८२ -
इस्टर्न ट्राभल मार्ट २०२६: दोस्रो दिन पर्यटकीय गन्तव्य अवलोकन र B2B छलफल सम्पन्न
आइतवार, चैत्र १५, २०८२

आइतवार, चैत्र १५, २०८२ -

बुधबार, चैत्र १८, २०८२