-
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवास्थित ग्रिन सिटी परिसरमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको अवसरमा नेपालकै अग्लो २१० फिट राष्ट्रिय झण्डा अनावरण गरिएको छ । डिएन ग्रुप अफ कम्पनीको पहलमा आयोजित उक्त कार्यक्रमले धार्मिक तथा पर्यटकीय आकर्षण थप्ने विश्वास गरिएको छ।
पाथिभरा मन्दिर निर्माण सहयोगार्थ सञ्चालन गरिएको महायज्ञसँगै ग्रिन सिटीको मुख्य चोकमा झण्डा स्थापना गरिएको हो। पाथिभरा मन्दिर निर्माण संयोजक नेत्रप्रसाद चाम्लागाईंका अनुसार मन्दिर निर्माणसँगै विशाल झण्डा स्थापना गरिनुले इनरुवालाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। उनले स्थानीयस्तरमा धार्मिक आस्था र आर्थिक गतिविधि बढाउने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा लोकदोहोरी गायिका गंगा गौतम आचार्यले आफ्नो साङ्गीतिक प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन दिएकी थिइन्।
डिएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु कुमार घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले ग्रिन सिटीलाई नमूना आवासीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर निर्माणमा सहयोग गरिएको उल्लेख गरे।
News Desk 0 response बुधबार, चैत्र ११, २०८२
त्यस्तै महासंघका अध्यक्ष घिमिरेले निजी क्षेत्रको यस्तो पहलले स्थानीय विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे।
कार्यक्रममा अरिहन्त मल्टि फाइभर्सका कार्यकारी प्रमुख गोबिन्द बजगाईँ, कलाकार सन्दीप क्षेत्री, पूर्व कोशी प्रदेश उपसभामुख सरस्वती पोखरेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२





