-
दुहबी । दुहबीस्थित महेन्द्र मेमोरियल एकेडेमीले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयलाई डिजिटलमैत्री बनाउँदै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थामा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यसहित अभिभावकहरूका लागी अभिभावकत्व कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रममा एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी ट्रेनिङ एजेन्सीका कार्यकारी निर्देशक शैलेन्द्र खरेलले बालबालिकाको विकासमा विद्यालयसँगै अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

उनले विद्यार्थीहरूले घरमै बसेजस्तो माया, स्नेह र अपनत्व महसुस गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। “बालबालिकाले सिकाइलाई सहज र रुचिकर रूपमा ग्रहण गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउदै स्थानीय स्रोतबाट सिकाइ सुरु गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ज्ञान र स्रोतसम्म पहुँच विस्तार गर्नु अहिलेको आवश्यकता बताए ।
कार्यशालामा अभिभावकहरूलाई बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासबीच सन्तुलन कायम गर्ने उपायहरूबारे जानकारी दिइएको थियो ।

साथै, स्वास्थ्य, सुरक्षा, अनुशासन, संस्कार र सृजनशीलताजस्ता विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक सत्रमा कार्यकारी निर्देशक खरेलले सहजिकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक निश्चलराज शाक्यले विद्यालयले सुविधा सम्पन्न तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भावनात्मक र नैतिक शिक्षा, अनुशासित जीवनशैली तथा रचनात्मक सोचको विकासमा निरन्तर प्रयासरत रहेको बताए। उनले वैज्ञानिक र विद्यार्थीमैत्री शिक्षण पद्धति अपनाउँदै आधुनिक जीवनशैलीलाई आत्मसात गरी बालबालिकालाई भविष्यका लागि सक्षम बनाउने विद्यालयको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।

उनका अनुसार शिक्षा केवल बुद्धिले मात्र सीमित नहुने, बरु हृदयबाट हृदयसम्म पुग्ने ज्ञान हो। त्यसैले विद्यालयले भावनात्मक र मानवीय शिक्षालाई प्राथमिकतामा राख्दै बालबालिकाको समग्र विकासमा ध्यान दिइरहेको उनले उल्लेख गरे। साथै, संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिको सही प्रयोगसँगै मानवीय मूल्य र व्यवहारलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

प्रधानाध्यापक शाक्यले अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै बालबालिकाको पहिलो विद्यालय उनीहरूको आफ्नै घर नै भएको धारणा व्यक्त गरे। त्यसैले विद्यालय र घरबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको उनले बताए। यस्तै उद्देश्यलाई साकार पार्न उक्त कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका थिए । कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य तथा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए । यसका साथै अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न गोलाप्रथा मार्फत आकर्षक पुरस्कार वितरण गरिएको थियो, जसले कार्यक्रममा उत्साह थपेको थियो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीना शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमहरूले आफूहरूलाई बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरूको सही मार्गदर्शन गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन्।
कार्यक्रमले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई आत्मीय, सुरक्षित र घरजस्तो वातावरणमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण कदम चालेको विश्वास गरिएको छ। साथै, यसले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
News Desk 0 response सोमवार, चैत्र ९, २०८२
सम्बन्धित शीर्षकहरु
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२





