-
इटहरी । सुनसरीको इटहरीस्थित कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको वार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट
कार्यक्रमकी प्रमुख अतिथि निशाहय बाल आश्रमकी सञ्चालिका गीता गौतमको प्रमुख आतिथ्य मा भएको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक तथा शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने धारणा व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक हरि आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक उपलब्धि, हालसम्मका प्रगति र आगामी योजनाबारे जानकारी दिएका थिए ।
उनले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको बताए । साथै, यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिने भएकाले निरन्तरता दिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विद्यार्थी नवप्रवर्तन तथा शैक्षिक प्रदर्शनी रहेको थियो।
विद्यार्थीहरूले विज्ञान, प्रविधि, वातावरण र सामाजिक विषयमा आधारित विभिन्न परियोजना प्रस्तुत गरेका थिए, जसले उनीहरूको सिर्जनशीलता र अनुसन्धान क्षमतालाई उजागर गरेको थियो। अभिभावक तथा आगन्तुकहरूले ती परियोजनाको अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
यसैबीच, विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो, जसले ज्ञान आदान–प्रदान र सहकार्यको वातावरण सिर्जना गरेको विद्यालयले जनाएको छ। सांस्कृतिक प्रस्तुति, खेलकुद तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमले कार्यक्रमलाई थप मनोरञ्जन गराएको थियो भने नृत्य निर्देशक तुलसी घिमिरे गितहर प्रस्तुग गरेर अझ आकषृक बनाएका थिए ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। यस्तो कार्यक्रमले विद्यार्थीको प्रतिभा विकास र नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा अन्य विद्यालयका विद्यार्थीहरुले पनी प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममअभिभावकहरुको उलेखिय सहभागिता रहेको थियो ।
News Desk 0 response आइतवार, चैत्र ८, २०८२
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२
-
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२





