-
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटमा निर्वाचन सफल बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायतसँगको भेटमा कार्कीले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन उनीहरूको योगदान उल्लेख गरिन्। उनले निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै शान्तिपूर्ण वातावरण निर्माणमा सघाएको भन्दै आभार प्रकट गरिन्।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले चुनावमा विजयी भएका उम्मेदवारलाई बधाई दिँदै पराजित नेताहरूलाई आगामी दिनका लागि शुभकामना व्यक्त गरिन्। उनले निर्वाचनमार्फत मुलुकले राजनीतिक निकास पाएको बताउँदै अब स्थायित्वतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्।
नेकपाका नेताहरूले पनि सफल निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरे। प्रचण्डले निर्वाचन नभएको खण्डमा देश गम्भीर संकटतर्फ जान सक्ने उल्लेख गर्दै कठिन परिस्थितिमा गरिएको निर्णयको सराहना गरे।
त्यस्तै, माधवकुमार नेपालले प्रधानमन्त्रीका रूपमा कार्कीको आगमनले राजनीतिक स्थायित्वको आशा बढाएको उल्लेख गर्दै संविधान र व्यवस्थाको संरक्षणमा उनको भूमिका महत्त्वपूर्ण रहेको बताए।
भेटमा सहभागी नेताहरूले अब प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजान सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२

सोमवार, चैत्र ९, २०८२