• इलाम। दशैंको टिकाको भोलीपल्ट देखिको दुई दिने वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित बनेका इलामका विभिन्न ठाँउका एक सय वढी परिवारलाई क्वीक रेसक्यु टिम नेपालले राहत सामाग्रीहरु वितरण गरेको छ ।
    स्थानिय इसाई समाज र वडाका जनप्रतिनिधीहरुको समन्वयमा इलामको माईजोगमाई गाँउपालिका ,सुर्योदय नगरपालिका ,देउमाई नगरपालिका र माई नगरपालिका क्षेत्रका बाढी तथा पहिरो पिडित परिवारहरुलाई खाद्यान्न, त्रिपाल, ओढ्ने,जस्तापाता र नगद लगायतका सामाग्रीहरु वितरण गरिएको र माई नगरपालिका ८ मा ९ जना लाई एक एक बण्डल जस्ता पाता वितरण गरिएको क्वीक रेसक्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिएका हुन ।

    उनले बाढी तथा पहिरो पिडितहरुलाई क्वीक रेसक्यु टिमका साथै इसाई समाज कोशी प्रदेशले संयुक्त रुपमा चामल,दाल, तेल ,त्रिपाल , कम्बल सहित केहीलाई नगद समेत उपलव्ध गराएको समेत वताए ।

    पिडितहरुलाई पहिलो चरणमा खाध्यान्न लगायतका सामाग्रीहरु उपलव्ध गराइएको र आगामी दिनमा आवास निर्माणका लागि समेत समन्वय र सहयोग गर्ने एक्तेनले जानकारी दिए ।

    क्वीक रेसक्यु टिम नेपालले कोरानाकाल तथा बाढी पहिरो , आगलागी , गरिवीका कारण समस्यामा परेका विरामी असक्त लगायतलाई विगत देखि नै सहयोग गर्दै आएको छ ।

4565