• रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १७ डलर पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर १ सय १७ डलर पुगेको छ ।

    त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ ।

    निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा झनै बढाउने छ । नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ ।

4565