-
रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १७ डलर पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर १ सय १७ डलर पुगेको छ ।
त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा झनै बढाउने छ । नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३