-
शुक्रबार काठमान्डौको मौसम धुम्मिएसँगै उपत्यकाको वायु प्रदूषणको मात्रा एकाएक बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । काठमान्डौ बाट केहि पर मातातीर्थमा समेत आखा पीरो पीरो भएको हाम्रा प्रधान संवाददाताले जानकारी गराएकाछन् । उनका अनुसार माथी उचाईबाट काठमान्डौ उपत्यकालाई हेर्दा पुरै तुवालो लागेको जस्तो देखिएको छ भने घर बाहिर निस्कीदा आखा निक्कै पीरो पीरो भएको अनुभव भईरहेको छ ।
यस विषयलाई हामीले पनी गम्भीरताकासाथ अध्ययन गर्दा अनलाईनमा लाईभ अवडेट गर्ने केहि साईडहरुले नेपालको वायु प्रदुषण संसारकै उच्च देखाएको पाएका छौ । स्विट्जरल्याण्डको आइक्युएअरका अनुसार शुक्रबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्वुआई १९८ पुगेको छ । उक्त इन्डेक्समा काठमाडौं उपत्यका पहिलो नंबरमा रहेको छ । वायुको गुणस्तर एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो। पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले गर्दा बढेको धुवाँ र सुख्खा मौसमका कारण धुलाले मौसममा खराबी आएको थियो । काठमाडौंसँगै चिनको बेइजिङ, भारतको मुम्बई र बंगलादेशको ढाकाको पनि वायु प्रदूषणको मात्रा उच्च रहेको छ ।
यस प्रकारले वायु प्रदुषणको मात्रा एक्यूआई दुईसय नाघ्दा आपतकालको घोषणा गर्ने प्रचलन रहेपनी नेपालमा दोस्रो पटक वायु प्रदुषणले सिमा नाघेपनी सम्बन्धीत नीकायलाई यस विषयमा कुनै जानकारी नै नभएजस्तो कुनै विज्ञप्ती समेत निकालेको देखिदैन । सर्वसाधारणले आफ्नो सुरक्षा आफै गर्दै घरबाट बाहिर न निस्कनु नै जाती देखिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२