-
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भिर रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने बताउनुभएको हो । संविधानले नै भूमिबिहिनहरुलाई भूमि उपलब्ध गराउने भनेकोले सोही अनुसार नै नियम कानूनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने कार्यलाई अगाडि बढाएको बताउनुभयो । अहिले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमिन दिने कामलाई तिब्रता दिइएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।
कीर्तिपुर पाँगा बालकुमारी गाँउ ब्लकमा जम्मा ५ सय ६७ कित्ता संख्या मध्ये ५६ कित्ता सरकारी सार्वजनिक र ५ सय ११ कित्ता व्यक्तिको नाममा छुट्टिएको छ । जसमध्ये अहिले ३ सय ८ कित्ता व्यक्तिको र ५६ कित्ता नेपाल सरकारको नाममा दर्ता गरी ६४ प्रतिशत दर्ता कार्य सम्पन्न भइसकेको छ । पाँगा बालकुमारी क्षेत्रमा ३ दशमलव ४ हेक्टर अर्थात ६६ रोपनी १२ आना १ पैसा २ दाम जमिन रहेको छ । यस क्षेत्रमा २०२१÷२२ सालमा एकसरो नापीबाट नापनक्सा गर्न छुटेको थियो ।
यो गाँउ ब्लकको चारै तिरको नक्सालाई भिडाउँदा बस्तिका रुपमा २०७२ सालमा पाँगा बालकुमारीमा नापनक्सा भएको थियो । २०७४÷०७५ मा नक्सा श्रेष्ता तयार गरी दर्ता प्रक्रियामा गएको र २०७५ असोज २१ ग्ते ७ दिने सूचना र २०७५ पुष १५ गते २१ दिने सूचना जारी गरिएपछि २०७७ माघ ७ गते गाँउ ब्लक सम्बन्धी निर्देशिका जारी भएको थिसयो । त्यसपछि २०७७ माघ १५ देखि व्यक्तिको नाममा जग्गन नामसारी गर्ने कार्य शुरु भएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३