-
पर्वतको कुश्मा नगरपालिका भित्रका ३८ हजार ९ सय ७० जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी ख्वाइने तयारी भएको छ । हात्तिपाईले रोगको जोखिममा रहेको कुश्मा नगरपालिकाको पाङमा विशेष रुपमा यसवर्ष अभियान चलाईने भएको हो ।
कुश्मा नगरपालिका भित्र १२ औँ चरणको औषधी ख्वाउने कार्यक्रमको तयारी भैरहँदा सरोकारवाला संग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा कुश्मा नगरपालिका १ पाङमा सन् २०२० मा गरिएको टास सर्भिलेन्समा ५ दशमलव ३९ प्रतिशत अर्थात २१ जनामा हात्तिपाईले रोगको संक्रमण रहेको पाईपछि जिल्लाभर औषधी ख्वाउन थालिएको छ ।
आम औषधी सेवन गराउने अभियान शुरु गर्नुपूर्व जनप्रतिनिधी, कुश्मा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले हात्तिपाईले रोग विरुद्धको अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
१२ औँ चरणको औषधी सेवन कार्यक्रममा शत प्रतिशतले औषधी खाएको ग्यारेण्टी गर्नुपर्ने गुरुङले बताए । । विगतमा भएका कमीकमजोरीहरु यो चरणमा हुन नदिन विशेष सचेत हुन नगर प्रमुख राम चन्द्र जोशीले कर्मचारीहरुलाई आग्रह गरे । पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डिबी क्षेत्रीले हात्तिपाईले रोगको संक्रमणको अवस्था र कार्यक्रम प्रभावकारी बनाउन अपनाउने रणनीतिका बारेमा चर्चा गरेका थिए । सन् २०२० सम्म हात्तिपाईले रोग उन्मुलन गर्ने लक्ष्य रहेपनि पर्वत जिल्ला चौथो चरणको सर्वेमा समेत असफल भएपछि पुन ः औषधी ख्वाउने अभियान सञ्चालन गर्न थालिएको डा. क्षेत्रीले बताए ।
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले औषधी ख्वाउने अभियान सफल बनाउन नगरका प्रत्येक वडाका ५ टोलहरुमा समेत अन्त्रकृया सञ्चालन गरीने बताए । कुश्मा नगरपालिकाको पाङमा औषधी सेवन गर्नेको संख्या ७५ प्रतिशत भन्दा माथी भएपनि परिक्षणमा फेरि संक्रमण रहेको पाईएकाले यस पटक सबै वडाका टोल टोलमा पुगेर अन्त्रकृया गराउँन थालिएको बताए । कार्यक्रममा वडाध्यक्षहरु, स्वास्थ्यचौकीका ईन्चार्जहरु, पत्रकारहरुले आफ्नो सुझाव राखेका थिए । सञ्चालन स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले गरेका हुन ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२