-
पर्वतको कुश्मा नगरपालिका भित्रका ३८ हजार ९ सय ७० जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी ख्वाइने तयारी भएको छ । हात्तिपाईले रोगको जोखिममा रहेको कुश्मा नगरपालिकाको पाङमा विशेष रुपमा यसवर्ष अभियान चलाईने भएको हो ।
कुश्मा नगरपालिका भित्र १२ औँ चरणको औषधी ख्वाउने कार्यक्रमको तयारी भैरहँदा सरोकारवाला संग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा कुश्मा नगरपालिका १ पाङमा सन् २०२० मा गरिएको टास सर्भिलेन्समा ५ दशमलव ३९ प्रतिशत अर्थात २१ जनामा हात्तिपाईले रोगको संक्रमण रहेको पाईपछि जिल्लाभर औषधी ख्वाउन थालिएको छ ।
आम औषधी सेवन गराउने अभियान शुरु गर्नुपूर्व जनप्रतिनिधी, कुश्मा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले हात्तिपाईले रोग विरुद्धको अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
१२ औँ चरणको औषधी सेवन कार्यक्रममा शत प्रतिशतले औषधी खाएको ग्यारेण्टी गर्नुपर्ने गुरुङले बताए । । विगतमा भएका कमीकमजोरीहरु यो चरणमा हुन नदिन विशेष सचेत हुन नगर प्रमुख राम चन्द्र जोशीले कर्मचारीहरुलाई आग्रह गरे । पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डिबी क्षेत्रीले हात्तिपाईले रोगको संक्रमणको अवस्था र कार्यक्रम प्रभावकारी बनाउन अपनाउने रणनीतिका बारेमा चर्चा गरेका थिए । सन् २०२० सम्म हात्तिपाईले रोग उन्मुलन गर्ने लक्ष्य रहेपनि पर्वत जिल्ला चौथो चरणको सर्वेमा समेत असफल भएपछि पुन ः औषधी ख्वाउने अभियान सञ्चालन गर्न थालिएको डा. क्षेत्रीले बताए ।
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले औषधी ख्वाउने अभियान सफल बनाउन नगरका प्रत्येक वडाका ५ टोलहरुमा समेत अन्त्रकृया सञ्चालन गरीने बताए । कुश्मा नगरपालिकाको पाङमा औषधी सेवन गर्नेको संख्या ७५ प्रतिशत भन्दा माथी भएपनि परिक्षणमा फेरि संक्रमण रहेको पाईएकाले यस पटक सबै वडाका टोल टोलमा पुगेर अन्त्रकृया गराउँन थालिएको बताए । कार्यक्रममा वडाध्यक्षहरु, स्वास्थ्यचौकीका ईन्चार्जहरु, पत्रकारहरुले आफ्नो सुझाव राखेका थिए । सञ्चालन स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले गरेका हुन ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





