-
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णयहरु सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यस अघि नै मन्त्रालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुन स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पुरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’
हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ । सभापति खड्काले भन्नुभयो ‘हनुमन्ते कोरिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिएतापनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सुर्यविनायक नगरपालिका वडा नं. २ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरुले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्नको लागि यो समिति पहल गर्नको लागि सुझाव दिन्छ ।’
कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताउनुभयो । उहाँले भन्नुभयो ‘हनुमन्ते कोरिडोर निर्माणका क्रममा नागरिकहरुको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हकको संरक्षण गरेर सो कार्य जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र कोरिडोर निर्माण सम्बन्धमा अन्य समस्याहरु देखिएमा त्यसको समाधानका लागि समतिलिे आवश्यक पहल गर्नेछ ।’
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३