• राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा तीन वटा विषयमा सम्झौता हुने भएको छ । राष्ट्रपति भण्डारीको सोमवारदेखि हुने दुई दिने भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनको विषयमा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो । यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका सिलसिलामा छलफल हुने सरकारको भनाइ छ ।

    राष्ट्रपति भण्डारी सोमवार बिहान बङ्गलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीका लागि नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाज चार्टर गरिएको छ । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ ।

4565