• बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ५ बकुलिया स्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटना स्थल मैं मृत्यु भएको हो ।

    बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको थियो । दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नैं घरबाट आई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए ।

    मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जि।आई तारले मकै बारी घेरेको दिपनारायणका परिवार जनले जनाएका छन् ।

    यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नं. ५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम बिपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा आँफुलाई केहि जानकारी नभएको वडाध्यक्ष चौधरीले बताए ।

    यता गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको आभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

4565