-
नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरुमा चरम निरासा रहेको छ । इटहरीका नीजि क्याम्पसहरुले अध्यापन नभएको समयको समेत शुल्क तिर्न विद्यार्थीहरुलाई ताकेता गर्न थालेपछि उनीहरु क्याम्पसको मनोमानी विरुद्ध आन्दोलनमा उत्रेका छन ।
इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले समेत नपढाएको समयको समेत मनपरी शुल्क उठाउन थालेपछि विद्यार्थीहरु आक्रोसित भएका छन । नीजि शैक्षिक संस्थाले मनोमानी शुल्क लिन लागेको भन्दै विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका अन्तर्गतको शिक्षा शाखालाई जानकारी समेत गराए तर उनीहरुको माग संबोधन भएन । आफुहरुको मागको सुनुवाई नभएपछि सडक आन्दोलन गर्नु परेको विद्यार्थीहरुले वताएका छन ।
यता उपमहानगरपालिकाले भने नीजि शैक्षिक संस्थाहरु आन्तरिक व्यवस्थापन सुधार ,कोभिडको समयको यातायात सुल्क नलिन,े परिक्षा सुल्क नलिने लगायतका विषयमा कलेज व्यवस्थापन पक्ष सकारात्मक रहेको जनाएको छ । उसले शुल्कका विषय टुँगयाउन वाकी रहेको उल्ल्ेख गर्दै छलफलबाट समस्या समाधानका खोजिने वताएको छ ।
विद्यार्थीहरु आन्दोलित वनेपछि समस्या समाधानका लागि विद्यार्थी प्रतिनिधिहरु समेत छलफल भएको र केही विषयमा सकारात्मक भएको र वाकी विषय मिलाउन पुन छलफल गरिने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानले जनाएको छ ।
कोभिडको समयको शुल्कलाई लिएर चौतर्फी विवाद रहेको छ । नीजि शैक्षिक संस्थाहरुले विद्यार्थीमाथि शुल्कका लागि दबाब दिए पनि सोही संस्थामा कार्यरत कर्मचारी एवं शिक्षकको पारिश्रमिक भने दिएका छैनन जसका कारण विद्यार्थीका साथै शिक्षक र कर्मचारी पनि व्यवस्थापनप्रति आक्रोस व्यक्त गर्दै आउका छन ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





