-
नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरुमा चरम निरासा रहेको छ । इटहरीका नीजि क्याम्पसहरुले अध्यापन नभएको समयको समेत शुल्क तिर्न विद्यार्थीहरुलाई ताकेता गर्न थालेपछि उनीहरु क्याम्पसको मनोमानी विरुद्ध आन्दोलनमा उत्रेका छन ।
इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले समेत नपढाएको समयको समेत मनपरी शुल्क उठाउन थालेपछि विद्यार्थीहरु आक्रोसित भएका छन । नीजि शैक्षिक संस्थाले मनोमानी शुल्क लिन लागेको भन्दै विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका अन्तर्गतको शिक्षा शाखालाई जानकारी समेत गराए तर उनीहरुको माग संबोधन भएन । आफुहरुको मागको सुनुवाई नभएपछि सडक आन्दोलन गर्नु परेको विद्यार्थीहरुले वताएका छन ।
यता उपमहानगरपालिकाले भने नीजि शैक्षिक संस्थाहरु आन्तरिक व्यवस्थापन सुधार ,कोभिडको समयको यातायात सुल्क नलिन,े परिक्षा सुल्क नलिने लगायतका विषयमा कलेज व्यवस्थापन पक्ष सकारात्मक रहेको जनाएको छ । उसले शुल्कका विषय टुँगयाउन वाकी रहेको उल्ल्ेख गर्दै छलफलबाट समस्या समाधानका खोजिने वताएको छ ।
विद्यार्थीहरु आन्दोलित वनेपछि समस्या समाधानका लागि विद्यार्थी प्रतिनिधिहरु समेत छलफल भएको र केही विषयमा सकारात्मक भएको र वाकी विषय मिलाउन पुन छलफल गरिने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानले जनाएको छ ।
कोभिडको समयको शुल्कलाई लिएर चौतर्फी विवाद रहेको छ । नीजि शैक्षिक संस्थाहरुले विद्यार्थीमाथि शुल्कका लागि दबाब दिए पनि सोही संस्थामा कार्यरत कर्मचारी एवं शिक्षकको पारिश्रमिक भने दिएका छैनन जसका कारण विद्यार्थीका साथै शिक्षक र कर्मचारी पनि व्यवस्थापनप्रति आक्रोस व्यक्त गर्दै आउका छन ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





