-
कोरोना रोकथाममा खटिएका वीरगञ्जस्थित नारायण उप क्षेत्रत्रिय अस्पतालका सरसफाई कर्मचारी र चिकित्सक आन्दोलीत भएकोछन् ।कोभिड रोकथापमा खटिएकाहरुले भत्तानपाएको भन्दै उनीहरुले वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालको प्राङ्गणमा बिरोध प्रदर्शन गरेका हुन । कोरोना त्रासले सताइरहेका बेला वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालका केही स्वास्थ्यकर्मी र कार्यालय सहयोगी भने आफूलाई आइसोलेसन र क्वारेन्टाइनमा ड्युटीमा खटाउन अस्पताल प्रमुखसँग अनुरोध गर्थे । यसको कारण थियो– सरकारले दिने भनेको कोरोना विशेष भत्ता । तर भत्ताको आसमा जोखिमको समयमा ड्युटी गरेका ती स्वास्थ्यकर्मीहरू अहिलेसम्म भत्ता नपाउँदा निराश भएका छन ।
क्वारेन्टाइन र आइसोलेसनमा कार्यरत ३५० जना भन्दा बडी स्वास्थ्यकर्मी तथा सरसफाईकर्मिहरुले श्रावन देखी कार्तिक सम्मको भत्ताबाट वञ्चित भएका हुन् । जोखीम भत्ता सरकारले पठाए पनि अस्पताल प्रशासनले बिभिन्न बहाना गर्दै दिन नखोजेको नारायाणी उप क्षेत्रिय अस्पतालका बरिष्ठ डा.उदयनारायण सिंहले दावी गरेकाछन् । उनका अनुसार सरकारले चार महिना अगाडीनै अस्पताललाई कर्मचारीले पाउने जोखिम भत्ता पठाईसकेको छ । तर यहाँको मेसु र अस्पताल प्रशासनको नियती ठिक नभएकोले भत्ताबाट वञ्चित गराउन खोजेको उनले आरोप लगाएका छन ।
अस्पताल प्रशासनले मागेको हाजरी रजिष्टर लगायत सम्पुर्ण कागजातहरु दुईमहिना अगाडी बुझाएर जोखिम भत्ता निकासाको लागी पटक पटक अनुरोध गर्दा पनि नारायाणी उप क्षेत्रिय अस्पतालका प्रशासन र मेसु डाक्टर संजय ठाकुरले कोरोना जोखिम भत्ताबाट वञ्चित गराउन खोजेको नियती रहेकोले बिरोध गर्नु परेको डा.उदयनारायण सिंह लगायत अन्य कर्मचारीहरुले बताएका छन ।
अस्पतालका प्रमुख डा. संजय ठाकुरका अनुसार अस्पतालका बिकास समितीका सदस्य संतोष पास्वानको नेतृत्वमा मेट्रोल ,आर्थिक प्रशासनको प्रमुख लगायतको जोखीम भत्ता सम्बन्धमा कमिटी निमार्ण गरीको छ । कोरोना अवधिमा खटिएका हाजरी प्रमाणीत गरे पश्चात जोखीम भत्ता पाउने बताएका छन । उनका अनुसार जोखिम फत्ता सम्बन्धी आफुले दुई महिना अगाडी कुनै पनी कागजात नपाएको दावी गरे । उनले भने आफुले पनि अहिले सम्म कुनै भत्ता नपाएकोले आफुलगायते कर्मचारीको वास्तवीक हाजरीको आधारमा जोखीम भता पाउने छन् ।
स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने भनिएको थियो । कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिएकामध्ये अहिलेसम्म प्रदेश अस्पतालका १०० जना स्वास्थ्यकर्मी तथा चिकित्सक कोरोना संक्रमित भइसकेका थिए ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२