-
कोरोना रोकथाममा खटिएका वीरगञ्जस्थित नारायण उप क्षेत्रत्रिय अस्पतालका सरसफाई कर्मचारी र चिकित्सक आन्दोलीत भएकोछन् ।कोभिड रोकथापमा खटिएकाहरुले भत्तानपाएको भन्दै उनीहरुले वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालको प्राङ्गणमा बिरोध प्रदर्शन गरेका हुन । कोरोना त्रासले सताइरहेका बेला वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालका केही स्वास्थ्यकर्मी र कार्यालय सहयोगी भने आफूलाई आइसोलेसन र क्वारेन्टाइनमा ड्युटीमा खटाउन अस्पताल प्रमुखसँग अनुरोध गर्थे । यसको कारण थियो– सरकारले दिने भनेको कोरोना विशेष भत्ता । तर भत्ताको आसमा जोखिमको समयमा ड्युटी गरेका ती स्वास्थ्यकर्मीहरू अहिलेसम्म भत्ता नपाउँदा निराश भएका छन ।
क्वारेन्टाइन र आइसोलेसनमा कार्यरत ३५० जना भन्दा बडी स्वास्थ्यकर्मी तथा सरसफाईकर्मिहरुले श्रावन देखी कार्तिक सम्मको भत्ताबाट वञ्चित भएका हुन् । जोखीम भत्ता सरकारले पठाए पनि अस्पताल प्रशासनले बिभिन्न बहाना गर्दै दिन नखोजेको नारायाणी उप क्षेत्रिय अस्पतालका बरिष्ठ डा.उदयनारायण सिंहले दावी गरेकाछन् । उनका अनुसार सरकारले चार महिना अगाडीनै अस्पताललाई कर्मचारीले पाउने जोखिम भत्ता पठाईसकेको छ । तर यहाँको मेसु र अस्पताल प्रशासनको नियती ठिक नभएकोले भत्ताबाट वञ्चित गराउन खोजेको उनले आरोप लगाएका छन ।
अस्पताल प्रशासनले मागेको हाजरी रजिष्टर लगायत सम्पुर्ण कागजातहरु दुईमहिना अगाडी बुझाएर जोखिम भत्ता निकासाको लागी पटक पटक अनुरोध गर्दा पनि नारायाणी उप क्षेत्रिय अस्पतालका प्रशासन र मेसु डाक्टर संजय ठाकुरले कोरोना जोखिम भत्ताबाट वञ्चित गराउन खोजेको नियती रहेकोले बिरोध गर्नु परेको डा.उदयनारायण सिंह लगायत अन्य कर्मचारीहरुले बताएका छन ।
अस्पतालका प्रमुख डा. संजय ठाकुरका अनुसार अस्पतालका बिकास समितीका सदस्य संतोष पास्वानको नेतृत्वमा मेट्रोल ,आर्थिक प्रशासनको प्रमुख लगायतको जोखीम भत्ता सम्बन्धमा कमिटी निमार्ण गरीको छ । कोरोना अवधिमा खटिएका हाजरी प्रमाणीत गरे पश्चात जोखीम भत्ता पाउने बताएका छन । उनका अनुसार जोखिम फत्ता सम्बन्धी आफुले दुई महिना अगाडी कुनै पनी कागजात नपाएको दावी गरे । उनले भने आफुले पनि अहिले सम्म कुनै भत्ता नपाएकोले आफुलगायते कर्मचारीको वास्तवीक हाजरीको आधारमा जोखीम भता पाउने छन् ।
स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने भनिएको थियो । कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिएकामध्ये अहिलेसम्म प्रदेश अस्पतालका १०० जना स्वास्थ्यकर्मी तथा चिकित्सक कोरोना संक्रमित भइसकेका थिए ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





