• विगत केहि महिना देखि बर्दियामा आतंक मच्चाईरहेका २ वटा बाघ नियन्त्रणमा आएकाछन्।वुधवार गेरुवा गाँउपालिका र विहिवार मधुवन नगरपालिका ३ खाता जैवीक मार्गको गौरी सामुदायीक वन बाट भालेबाघ डाट(बेहोस) गरि नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्ले जानकारी गराएको छ ।

    गेरुवा गाँउपालिकामा नियन्त्रणमा लिईएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिएको छ ।आज मधुवनमा नियन्त्रणमा लिईएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराएका छन्।बर्दिया राष्ट्रिय निकुञ्ज,वन,प्रकृति संरक्षण कोषका कर्मचारी,नेपालीसेना र चितवन बाट आएको डाट बिशेषज्ञको टनेलीको संयुक्त प्रयासमा सफलता पुर्वक नियन्त्रण अभियानको २ दिनमानै २ वटा बाघनियन्त्रणमा लिन सफल भएको हो। यस आर्थिक बर्षमा मात्रै बर्दियामा जंगली बाघको आक्रमणमा परि ९ जनाले ज्यान गुमाई सकेका छन् भने कैयौ घरपालुवा जनावरलाई बाघले मारेको छ।

    अन्य बाघको गतिविधी अनुगमनका लागि संवेदनशी क्षेत्रमा क्यामेरा जडान गरि मनीटरिङ् गरिने निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २ वटा बाघ राख्न सकिने उद्धार केन्द्र भएकाले मधुवनमा नियंन्त्रण गरिएको बाघलाई बाँके पठाईएको जनाईएको छ । बर्दियाको उद्धार केन्द्रमा २ वटा बाघ रहेका छन् ।

4565