-
धरान । समाजमा शान्ति, सहअस्तित्व र सद्भाव प्रवर्द्धनमा युवाको भूमिकालाई केन्द्रमा राख्दै महेन्द्र बहुमुखी क्याम्पस धरान र अहमदिया सङ्घ नेपालको सहकार्यमा बिहीबार विशेष गोष्ठी सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा युवालाई शान्ति निर्माणका अग्रदूतका रूपमा स्थापित गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको सुरुआत साजाद अहमद शाहद्वारा पवित्र कुरान वाचनसहित गरिएको थियो। स्वागत मन्तव्य राख्दै सलिम अहमदले अहमदिया सङ्घ नेपालको उद्देश्य, गतिविधि र विश्व शान्तिप्रतिको प्रतिबद्धताबारे प्रकाश पारे।
गोष्ठीमा अहमदिया सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद इस्माईल मियाँले युवाको दायित्व र राष्ट्रप्रतिको निष्ठाबारे प्रेरणादायी धारणा व्यक्त गरे। उनले देश र आमाबुवाप्रतिको प्रेम नै साँचो देशभक्ति भएको उल्लेख गर्दै युवाले नकारात्मक सोच र हिंसाको बाटो त्याग्नुपर्नेमा जोड दिए। “जस युवाको मुटु फलामले बनेको हुन्छ, उसलाई बम र बारुदले पनि कमजोर बनाउन सक्दैन,” भन्दै उनले नैतिकता, अनुशासन र प्रेमलाई युवाको सबल शक्ति भएको बताए।

उनले अहमदिया सङ्घ नेपाल ‘सबैलाई माया गर, कसैलाई घृणा नगर’ भन्ने मूल मन्त्रका साथ जात, धर्म र समुदायभन्दा माथि उठेर विश्व शान्तिको पक्षमा निरन्तर क्रियाशील रहेको स्पष्ट पारे। साथै, मुन्धुम, भगवद्गीता, बाइबल, कुरानलगायत सबै धर्मग्रन्थको सम्मान गर्नु नै मानवताको सच्चा धर्म भएको धारणा व्यक्त गरे।
कार्यक्रममा अहमदिया सङ्घ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले विश्वव्यापी शान्ति स्थापनाका प्रयास र युवाको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। गोष्ठीमा स्नातक तहमा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो भने विश्व शान्तिसम्बन्धी डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रम मोहम्मद इस्माईल मियाँको अध्यक्षतामा तथा महेन्द्र क्याम्पसका एमबीए कार्यक्रम प्रमुख गणेश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। साथै, अहमदिया सङ्घ नेपाल सुनसरी–मोरङका इन्चार्ज सेराज अहमद, अहमदिया मुस्लिम जमाअतका महासचिव सलिम अहमदलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
News Desk 0 response शुक्रबार, फाल्गुन १, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया सङ्घ र महेन्द्र क्याम्पसको सहकार्यमा ‘शान्ति प्रवर्द्धनमा युवाको भूमिका’ विषयक गोष्ठी सम्पन्न
शुक्रबार, फाल्गुन १, २०८२ -
विश्व आदर्श सेकेण्डरी स्कुलको ९औँ अभिभावक दिवस शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
शुक्रबार, फाल्गुन १, २०८२ -
अबिल सहकारीको १५औँ वार्षिक उत्सवमा ५१ पिन्ट रगत संकलन
बिहिबार, माघ २९, २०८२ -
बाल साहित्य र सिर्जनशीलताको संगमः इटहरीमा बालकला महोत्सव
मङ्लबार, माघ २७, २०८२

मङ्लबार, माघ २७, २०८२ -

शुक्रबार, फाल्गुन १, २०८२