-
इटहरी । अबिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रम अन्तर्गत ५१ पिन्ट रगत संकलन गरिएको छ ।
बिहीबार सम्पन्न रक्तदान कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा रक्तदानजस्तो जीवनदायी कार्यमार्फत समाजप्रति सहकारीको योगदान अझ सशक्त बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष डिल्ली प्रसाद भण्डारीले वार्षिक उत्सवलाई केवल औपचारिकतामा सीमित नराखी समाज उपयोगी कार्यसँग जोड्दै आएको उल्लेख गरे । अस्पतालहरूमा समय–समयमा देखिने रगतको अभावलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम अत्यन्त आवश्यक पर्ने हुदा हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
कार्यक्रम स्वास्थ्य उपसमिति संयोजक गोविन्द घिमिरेको संयोजनमा सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो ।
प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानका इन्चार्ज सोम भण्डारीको नेतृत्वमा आएको प्राविधिक टोलीले गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष विक्रम घिमिरे, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीका कर्मचारी तथा स्थानीय रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सहकारीले सामाजिक सेवामा देखाएको सक्रियतालाई प्रशंसनीय भन्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।
News Desk 0 response बिहिबार, माघ २९, २०८२
अबिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा यस्तै जनहितकारी कार्यक्रमलाई निरन्तरता गर्दै जाने पनी जानकारी दिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया सङ्घ र महेन्द्र क्याम्पसको सहकार्यमा ‘शान्ति प्रवर्द्धनमा युवाको भूमिका’ विषयक गोष्ठी सम्पन्न
शुक्रबार, फाल्गुन १, २०८२ -
विश्व आदर्श सेकेण्डरी स्कुलको ९औँ अभिभावक दिवस शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
शुक्रबार, फाल्गुन १, २०८२ -
अबिल सहकारीको १५औँ वार्षिक उत्सवमा ५१ पिन्ट रगत संकलन
बिहिबार, माघ २९, २०८२ -
बाल साहित्य र सिर्जनशीलताको संगमः इटहरीमा बालकला महोत्सव
मङ्लबार, माघ २७, २०८२

मङ्लबार, माघ २७, २०८२ -

शुक्रबार, फाल्गुन १, २०८२