-
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) ले बाम एकताको प्रक्रियालाई तीव्र बनाउँदै आगामी कार्तिक २० गते एकतामा आउने दलहरूसँग संयुक्त बैठक गर्ने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, साथै एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह र राजु कार्की समूहसँग एकताका विषयमा अन्तिम सहमति जुटाउने तयारी गरेको छ । त्यस्तै, सुवास काफ्लेको जनसमाजवादी पार्टी पनि एकताको प्रारम्भिक सहमतिमा रहेको माओवादी स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, कार्तिक १८ गते केन्द्रीय समिति बैठक बसेर एकता सम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ । त्यसपछि २० गते संयुक्त बैठकमार्फत एकीकृत पार्टीको संगठनात्मक संरचना र नेतृत्वको प्रारूप टुङ्गो लगाइने छ ।
सापकोटाले हाल मुलुक आर्थिक र राजनीतिक दुवै सङ्कटमा रहेको भन्दै बृहत् बाम एकता समयको माग भएको बताए । उनका अनुसार, नयाँ पार्टी दर्ता, नीति तथा वैचारिक दिशासहित संगठनात्मक समायोजनबारे विस्तृत छलफल बैठकमा भएको छ ।
यता, एकताको प्रक्रियाप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थित रहे । माओवादी नेतृत्वले भने असन्तुष्ट नेताहरूसँग पनि छलफल गरेर सबैलाई एकताको ढाँचामा समेट्ने प्रयास जारी राखेको जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक १६, २०८२
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





