• इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
    आज दिउँसो २ बजेर ३० मिनेटदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआएसम्म जारी रहने प्रशासनले जनाएको छ ।

    शान्ति सुरक्षा कायम राख्नका लागि जारी गरिएको निषेधाज्ञाअनुसार पाँच वा सोभन्दा बढी व्यक्तिहरूको भेला, जुलुस, धर्ना र प्रदर्शन पूर्णतया निषेध गरिएको छ ।

    निषेधाज्ञा लागू हुने क्षेत्र उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि धरानचोकसम्म, पूर्वतर्फ मिलनचोकदेखि जुट मिलसम्म, दक्षिणतर्फ अधियारा चोक हुँदै यातायात कार्यालय र धरान रोडसम्म, र पश्चिमतर्फ बरगाछी मोडदेखि जनता बस्ती सम्म पर्ने प्रशासनले जनाएको छ ।

    निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

4565