• इटहरी । महिला आत्मनिभरतामा जोड दिदै विभिन्न उद्यमशिलता तालिम प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा ब्रास्टेल र घाँटीमा लगाउने न्याक्लेस वनाउने ७ दिवसिय तालिम सञ्चालन गर्दै आएको छ ।

    नारी सिर्जना कुञ्जले आफनै भवनमा महिलाहरुलाई ब्रास्टेल र न्याक्लेस वनाउने ७ दिने तालिमे सञ्चालनमा ल्याएको हो । विगत देखि नै सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुरयोउने उद्धेश्यले विभिन्न खाले तालिमहरु सञ्चालन गर्दै आएको नारी सिर्जना कुञ्जले यस पटक हस्तकलाको रुपमा ब्रास्लेट र न्याक्लेस वनाउने तालिम दिदै आएको तालिममा विभिन्न क्षेत्रबाट महिलाहरुको सहभागिता रहेका अध्यक्ष प्रतिक्षा अधिकारीले जानकारी दिइन । उनले महिलाहरुलाई सिप सिकाउने मात्र नभएर आफुहरुले व्यवसायी वनाउन महिलाहरुले वनाएका सामानहरुको व्यवसायीकरणमा समेत सहयोग गर्ने समेत वताइन । एक घर एक महिला उद्यमी भन्ने नाराका साथ महिलाहरुलाई समय समयमा नारी सिर्जना कुञ्जले विभिन्न खाले सिप मुलक तालिमहरु उपलव्ध गराउदै आएको छ ।

4565