• ईटहरी । शैक्षिक क्षेत्रमै पहिचान बनाउँदै आएको कस्तूरी कलेज, ईटहरीले आफ्नो सेवा विस्तार गर्दै विभिन्न स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    विकसित प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले कस्तूरी कलेजले यसै शैक्षिक सत्र २०८२ बाट वि आइ टी कार्यक्रम पनि सुरु गरेको हो ।
    पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको यस वि आइ टी कार्यक्रममा ४८ जना विद्यार्थीको भर्ना कोटा रहेको छ, जसमा ५ जनालाई छात्रवृत्तिका लागि छनोट गरिने छ ।
    कलेजका प्राचार्य कमलेश शर्मा पौडेलका अनुसार यो कार्यक्रम विस्तार गर्नुको मूल कारण सूचना प्रविधिको क्षेत्रमा बढ्दो आवश्यकता, रोजगारीको अवसर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने क्षमताको विकास गर्ने रहेको बताए ।
    वि आइ टी गरेका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो सीप देखाएर रोजगारी पाउन सक्ने सम्भावना उच्च रहेकोले हामीले यस कार्यक्रम सुरु गरिएको प्रचार्य पौडेलले बताए ।
    नेपालका युवाहरूले पनि प्रविधिको भरपर्दो उपयोग गरी अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो स्थान बनाउँदै आएका छन् । वि आइ टी जस्तो व्यावसायिक कार्यक्रमले उनीहरूलाई अझ सक्षम बनाउने पौडेल बताए ।
    प्लस टु मा मेथमेटिक्स विषय लिएका विद्यार्थीहरू साइन्स वा मेनेजमेन्ट को लागि वि आइ टी उपयुक्त हुनेछ ।
    २०५६ सालमा आठ जना उत्साही शैक्षिक अभियन्ताहरूको समूहले कस्तूरी उच्च मा.वि. स्थापना गरी व्यवस्थापन संकाय अन्तर्गत प्लस टु कक्षा सञ्चालनबाट कलेजको यात्रा सुरु भएको हो ।

    २०७७ सालदेखि कलेजले प्लस टु विज्ञान संकाय पनि थप गरी गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्दै आएको छ ।
    शैक्षिक आवश्यकता र स्थानीय मागका आधारमा कलेजले २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट विविए कार्यक्रमको सम्बन्धन प्राप्त गरी सञ्चालनमा ल्यायो ।
    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६३ सालमा विविएस र २०६७ सालमा एम वि एस कार्यक्रम सुरु गरिएको थियो ।
    यसैबीच, कक्षा १० सम्म अध्ययन गराउने उद्देश्यले २०६३ सालमा कस्तूरी एकेडेमी (कस्तूरी मा.वि.) समेत स्थापना गरेको छ ।
    कलेजले २०५९ सालदेखि सञ्चालित विविए कार्यक्रममा हाल ९६ जना विद्यार्थीको कोटा कायम गरिएकामो १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
    उल्लेखनीय रूपमा, संचिता कोइराला, सार्थिका तोदी र निशा शेर्पा कस्तूरी विविएका विद्यार्थीहरूले नेपाल टप गर्दै गोल्ड मेडल प्राप्त गरिसकेको पनी जानकारी गराए ।
    यस वर्ष विविए को २४औं व्याचका लागि भर्ना प्रक्रिया अगाडि बढाइएको छ ।
    २०६३ सालदेखि सञ्चालनमा रहेको विविएस कार्यक्रमको २०औं व्याचको भर्ना खुला गरिएको छ भने विविएस कार्यक्रमको १६औं भर्ना विविएस नतिजा प्रकाशित भएपछि सुरु गरिनेछ ।
    वि आइ टी , विविए तथा विविएस कार्यक्रमका लागि आवश्यक प्रवेश परीक्षा श्रावण ३० गते हुने कलेजले जानकारी गराएको छ ।

4565