• इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयोजनामा पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग कार्यक्रम संचालन भइरहेको छ ।
    केन्द्रले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी योजना र सञ्चालन भइरहेको कार्यक्रमहरू बारे जानकारी गराएको छ ।
    अध्यात्म, चेतना र सेवाः इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको कोशी प्रदेश कार्यालय स्थापना गरि पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग दैनिक विभिध कार्यक्रम सहित संचालन गरिएको छ ।
    इटहरी उपमहानगरपालिका–२ स्थित सुकल्प सामुदायिक भवनमा रहेको यस कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
    केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो दर्शन, उद्देश्य, कार्यक्रम तथा भविष्यका योजनाहरूबारे जानकारी दिएको छ ।
    कार्यक्रममा केन्द्रका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरू, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उपस्थिति थियो ।
    पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलले संस्थाले सुरुवातदेखि नै समाजमा अध्यात्म, चेतना र मूल्य स्थापित गर्ने अभियान थालेको बताइन् ।
    उनले भनिन्, “हामी ध्यान, योग, वेद–अध्ययन, सत्सङ्ग र जीवन दर्शनका माध्यमबाट धार्मिक पर्यटकिय क्षेत्र बनाउने उदेश्यले १ सय ८ बटा शिव लिगं निमार्ण गरेर समाजमा मानसिक, नैतिक र आध्यात्मिक कार्यक्रम मार्फत व्यक्तिको आन्तरिक जागरण, सकारात्मक सोच र समाजिक समावेशितालाई विशेष प्राथमिकता दिइइने बताइन ।
    कार्यक्रममा संरक्षक महेश्वरानन्द केशर पुरीले संस्थाको नाम ‘त्रिनेत्र’ राखिनुको गहिरो धार्मिक र दार्शनिक अर्थबारे चर्चा गरे ।
    उनले भने, “शिवजीको तेस्रो नेत्र ‘त्रिनेत्र’ ज्ञान, दृष्टिकोण र आत्मजागरणको प्रतीक रहेको हुदा हाम्रो संस्था मानव चेतनाको नयाँ युग सुरु गर्ने उद्देश्य बोकेर अगाडि बढिरहेको बताए ।

    संस्थाले नयाँ कार्यालय स्थापना गरेसँगै हरिशयनी एकादशीको अवसरमा असार २२ देखि हरिबोधनी एकादशी देखि कात्तिक १५ गते सम्म चातुर्मास कथा पाठ परायण तथा जीवनदर्शन सत्सङ्ग कार्यक्रम सुरु गरेको जानकारी दिइयो ।
    यस अवधिमा नियमित रूपमा धार्मिक ग्रन्थको पाठ, ध्यान, योग, सांस्कृतिक कार्यक्रम हरु संचालन गरिदै आएको छ ।
    कार्यक्रममा केन्द्रीय अध्यक्ष खिलहरी यात्रीले संस्थाको संरचना, विस्तार र भावी योजनाबारे जानकारी दिए ।

    उनका अनुसार हालसम्म कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा कार्यालयहरू स्थापना भइसकेका छन् भने काठमाडौं, भक्तपुर, रामेछाप, दोलखा, नवलपरासी, रुपन्देही, सुनसरी लगायत ६५ भन्दा बढी इकाइहरू सञ्चालनमा छन । हालसम्म ४ हजारभन्दा बढी सदस्यता वितरण भइसकेको छ ।
    संस्थाले कुनै जात, धर्म वा लिङ्गका आधारमा भेदभाव नगरी समावेशी ढंगमा सनातन धर्मको संरक्षण र प्रवद्र्धन गर्ने कार्य गर्दै आएको पनि जानकारी दिइयो ।
    कार्यक्रममा बागमती प्रदेश अध्यक्ष पार्वती खड्का, इटहरी रेडक्रस सोसाइटी उपशाखा सभापती दिनेश भट्टराई, कोशी प्रदेश सांसद मिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

4565