-
सुन्दरहरैंचा । ड्राइभिङ स्कूल संघ नेपाल, कोशी प्रदेशको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–५, बाँसबारीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान–जीवनदान” भन्ने मूल नारा सहित आयोजना गरिएको कार्यक्रममा १२५ पिन्ट रगत संकलन भएको हो ।
कार्यक्रममा ड्राइभिङ स्कूल ब्यवसायी तथा विभिन्न संघ,सस्थाका महिला तथा पुरुष १ सय २५ जनाले रक्तदान गरेका थिए ।
ड्राइभिङ स्कूल संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रलय यातायात महाशाखा प्रमुख मानबहादुर देवकोटाको प्रमुख आतिथ्यमा भएको थियो ।
रगत अभावका कारण हरेक वर्ष थुप्रै बिरामीहरूले अकालमै ज्यान गुमाइरहेको सन्दर्भमा आम नागरिकमा रक्तदान प्रति चेतना फैलाउनु, युवा पुस्तालाई मानव सेवामा प्रेरित गर्दै आपतकालीन अवस्थाको लागि सुरक्षित रक्त सञ्चिति गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको ड्राइभिङ स्कूल संघ कोशी प्रदेशका अध्यक्ष शिव श्रेष्ठले बताए ।
मानव जीवनको रक्षा गर्न सकिने सबै ठुलो र प्रभावकारी कार्य रहेको र रक्तदान केवल एउटा सामाजिक जिम्मेवारी मात्र नभई मानविय जिवन बचाउन ठुलो सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि मानबहादुर देवकोटाले बताए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराईले रक्तदानले केवल रगत दिने व्यक्तिमात्र स्वास्थ्य लाभ पुग्ने नभई, खेर जाने रगतले आपतकालीन अवस्थामा रगतको अभावले ज्यान गुमाउने जोखिम पनि घट्ने बताए ।
News Desk 0 response शुक्रबार, असार २७, २०८२
कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबै रक्तदाताहरूलाई प्रशंसा स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो ।
संघका उपाध्यक्ष योगेन्द्र पोख्रेलको संयोजनमा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ड्राइभिङ स्कूल संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, केन्द्रिय उपाध्यक्ष बाबुराम प्रधान,यातायात ब्यवस्था कार्यलयका प्रमुख बाबुराम लुइटेल, ड्राइभिङ स्कूल संघ कोशी प्रदेशका सचिव भुपेन्द्र बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





